- संगालोखबर सम्वाददाता

धनकुटा, ६ असोज । धनकुटाको नासल चौकबाट गत आईतबारराति चोरी भएको मोटरसाईकल फेला परेको छ । धनकुटा नगरपालिका–६ नासल चौक स्थित घर नजिक पार्किङ गरेर राखिएको को.५ प. ३६६६ नम्बरको यमाहा कम्पनीको एफजेड मोटरसाईकल चोरी भएको थियो ।

मोटरसाईकल चोरी भएको समाचार संगालोखबर डटकमले प्रकाशन गरेको थियो । संगालोखबरको उक्त समाचार पढ्ने पाठकले चोरी भएको मोटरसाईकल देखेर संगालोखबरको कार्यालयमा जानकारी गराएपछि मोटरसाईकल धनीले हराएको मोटरसाईकल फेला पार्न सफल भएका हुन ।

Advertisement

नासल चौकबाट हराएको मोटरसाईकल बिहिबारे हटियाको उत्तर पूर्वमा रहेको खोल्सी नजिक सडकमा ‘ह्यान्डिल लक’ भाचिएको अवस्थामा फेला परेको हो ।

धनकुटा स्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयमा कार्यरत रमेश बस्नेतले मोटरसाईकल देखेर संगालोखबरको कार्यालयमा जानकारी गराएका हुन । ‘अघिल्लो दिन संगालोखबर अनलाईनमा मोटरसाईकल चोरी भएको समाचार पढेको थिए ।’ बस्नेतले भने ‘भोलीपल्ट बिहान त्यही नम्बरको मोटरसाईकल देखेपछि संगालोखबरलाई जानकारी दिएको हुँ ।’

बस्नेतले संगालोखबरको कार्यालयमा फोन गरेर हराएको मोटरसाईकल आफुले देखेको जानकारी दिएका थिए । त्यसपश्चात संगालोखबरको कार्यालयबाट मोटरसाईकल धनी पाख्रीवास नगरपालिका–२ सान्ने घर भई नासल चौकमा डेरागरी बस्दै आएका देवेन्द्र पौडेललाई जानकारी गराईएपछि मोटरसाईकल धनी र प्रहरी गएर मोटरसाईकल ल्याएका हुन ।

हराएको मोटरसाईकल समाचारको माध्यमबाट फेला पार्न सफल भएको भन्दै मोटरसाईकल धनी पौडेलले खुसी ब्यक्त गरेका छन । ‘मोटरसाईकल हराएपछि प्रहरीमा पनि उजुरी दिएको थिए ।’ खुसी हुँदै पौडेलले भने ‘प्रहरीले खोज्नुपर्ने मोटरसाईकल संगालोखबरकै समाचारले फेला पार्दियो ।’ समाचारको माध्यमबाट हराएको मोटरसाईकल फेला पारेपछि मोटरसाईकल धनी पौडेलले संगालोखबरलाई धन्यवाद ज्ञापन गरेका छन ।

भिडियो हेर्नुहोस…

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्…

धनकुटाको नासल चौकबाट मोटरसाईकल चोरी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!