- रबिन कटेल/संगालोखबर

धनकुटा, १६ भदौ । धनकुटा जिल्ला अदालतले गत आर्थिक बर्षमा ६४.१ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । जिल्ला अदालतले शुक्रवार पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७३/०७४ को प्रतिवेदन सार्वजनिक गरेको हो ।

गत आर्थिक बर्षमा ९४ जिम्मेवारी सरेकोसहित ३ सय ९६ मुद्दा दर्ता भएका थिए । जसमध्ये २ सय ५४ मुद्दा फछर्यौट भएको जिल्ला न्यायाधीश किशोर घिमिरेले जानकारी दिए । उनका अनुसार १ सय ४२ मुद्दा फछर्यौट हुँन वाँकी छन ।

Advertisement
मुद्दा फछर्यौटका विषयमा जानकारी दिदै जिल्ला न्यायाधीश किशोर घिमिरे । तस्वीर: संगालोखबर

जिल्ला अदालतले ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष राखेको थियो । तर, यही अवधिमा स्थानीय तह निर्वाचनमा परिचालित हुनु परेकाले लक्ष भन्दा कम मुद्दा फछर्यौट भएको जिल्ला न्यायाधीश घिमिरेले बताए ।

जिल्ला अदालतमा पारिवारिक मुद्दाहरु धेरै फच्छर्यौट भएका छन । सम्बन्ध बिच्छेद, अंश, मानाचामल लगायत मुद्दा बढी फछर्यौट भएका हुन । दर्ता भएका ३ सय ९६ मध्ये २ सय २७ पारिवारिक मुद्दा छन । जसमध्ये १ सय ५२ मुद्दा फछर्यौट भएका छन भने ७५ मुद्दा फछर्यौट हुन वाँकी रहेको जिल्ला अदालतले जनाएको छ ।

सम्बन्ध बिच्छेद सवैभन्दा बढी

धनकुटा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा सवैभन्दा बढी आएका छन । गत आर्थिक बर्ष २०७३/०७४ मा दर्ता भएका मध्ये करिव एक तिहाई मुद्दा सम्बन्ध बिच्छेदका छन ।

गत आर्थिक बर्षमा दर्ता भएका ३ सय ९६ मध्ये सम्बन्ध बिच्छेदका १ सय १२ मुद्दा छन । जसमध्ये ८७ वटा मुद्दा फछर्यौट भएका छन भने २५ वटा मुद्दा फछर्यौट हुँन वाँकी रहेको जिल्ला अदालतले जनाएको छ । सम्बन्ध बिच्छेदका सवै मुद्दा महिलाले दर्ता गराएका हुन ।

धनकुटा जिल्ला अदालत । तस्वीर: संगालोखबर

मुद्दाको प्रकृति हेर्दा बैदेशिक रोजगारीका कारण सम्बन्ध बिच्छेद बढी हुँने गरेको पाईएको जिल्ला न्यायाधीश घिमिरे बताउँछन ।

‘प्राय तीस बर्ष मुनिका महिलाले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्ने गरेका छन ।’  घिमिरे भन्छन ‘बैदेशिक रोजगारीका लागि श्रीमान विदेशिएपछि पारिवारिक वेमेल बढेको देखिन्छ ।’

कतिपय श्रीमानले अर्को श्रीमती ल्याएपछि सम्बन्ध बिच्छेदका लागि महिलाहरु अदालत आउँने गरेको उनको भनाई छ ।

अदालतले आयोजना गरेको पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!