सोमबार, आषाढ ०६, २०७९
विराटनगर । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न सोमबार विराटनगरको राजवंशी चोकमा निस्किएका यातायात व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले यातायात व्यवसायीलाई लछारपछार पार्दै गाडी पन्छाएर सडक खुलाएको हो ।
प्रहरीले हातपात गरेपछि आक्रोशित बनेका व्यवसायी र प्रहरीबीच केही समय घम्साघम्सीसमेत भयो । मूल्यवृद्धिको विरोधमा कोशी राजमार्गमा गाडी तेस्राएर बसेका याताया...