१ हजार मेगावाट विद्युत् थपिँदै, आजदेखि औद्योगिक क्षेत्र पनि लोडसेडिङमुक्त

१ हजार मेगावाट विद्युत् थपिँदै, आजदेखि औद्योगिक क्षेत्र पनि लोडसेडिङमुक्त

काठमाडाैँ, ३१ वैशाख । यस वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिने भएको छ । सरकारी तीन आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन यही वर्ष सुरु हुँदै छ । यसपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्नेछ । मुलुकमा १९६८ मा ४ सय ५० किलोवाटको फर्पिङ आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएको हो । ...
कृषिप्रधान देशमा कोदो आयात !

कृषिप्रधान देशमा कोदो आयात !

काठमाडाैँ, ३१ वैशाख । नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, झन्डै वार्षिक ३ खर्ब रुपैयाँबराबरका कृषि वस्तु आयात हुन्छन् । नेपालमा नुनदेखि सुन मात्रै होइन कोदो र कोदाको पिठोसमेत आयात हुन्छ । भारतबाट यो वर्ष मात्र तीन करोड आठ लाख ३७ हजारको कोदो आयात भएको छ । त्यस्तै, स्वदेशमै उत्पादन हुन सक्ने खासीबाख्रा, माछा, चामल, गहुँ, तरकारी, फलफूल, पिठो, सूर्ती, चुरोट, काठ, कागज, धागो, पशुका भुत्ला, छ...
मालपोतमा खुलेआम आर्थिक लेनदेन, कर्मचारीले नै गर्छन पैसामा बार्गेनिङ्ग

मालपोतमा खुलेआम आर्थिक लेनदेन, कर्मचारीले नै गर्छन पैसामा बार्गेनिङ्ग

भोजपुर, ३० बैशाख । मालपोत कार्यालयमा खुलेआम आर्थिक लेनदेन हुने गरेको खुलासा भएको छ । जग्गा लेनदेनमा कार्यालय भित्रैका कर्मचारीले पैसा माग्ने गरेको रहस्य खुलेको हो । मालपोत कार्यालयमा जग्गा पास तथा नामसरीमा सर्वसाधारणसँग ५ सयदेखि ५ हजारसम्म रसिद नकाटी लिने गरेका छन । ‘कार्यालय सहयोगीले समेत जग्गा पास गर्न सहयोग गरेको भन्दै सर्वसारधणसँग रकम माग्ने गरेका छन ।’ जग्गा पास गर्न पुगेका भोजपुर नगरपालिक...
चालु आव नौ महिनामा टेलिकमको ११ अर्ब खुद मुनाफा

चालु आव नौ महिनामा टेलिकमको ११ अर्ब खुद मुनाफा

काठमाडौँ, ३० वैशाख । नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले रु ११ अर्ब ३२ करोड १८ लाख १९ हजार मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कम...
जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध

जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध

काठमाडौँ, ३० वैशाख। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको छ । मेगा बैंक र टुरिजम डेपलपमेन्ट बैंक एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आज यहाँ शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “बैंकमा प्रवद्र्धकको रकम १० प्रतिशत र जनताको रकम ९० प्रतिशत हुने भएकाले जनताको रकम सुरक्षित हुनुपर्छ ।” बै...
केन्द्रसहित ९३ त्रिवि निकायमा लेखापरीक्षणमा बेवास्ता

केन्द्रसहित ९३ त्रिवि निकायमा लेखापरीक्षणमा बेवास्ता

काठमाडौँ, ३० वैशाख। त्रिभुवन विश्वविद्यालयका दर्जनौं निकायमा थुप्रै वर्षअघिदेखि लेखापरीक्षण हुन नसकेको तथ्य बाहिर आएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदनमा ‘त्रिविअन्तर्गत रहेका २७३ इकाइले आव २०३३/३४ देखि लेखापरीक्षण नगराएको औँल्याइएको हो । प्रतिवेदनमा विश्वविद्यालय अनुदान आयोगले त्रिविलाई यस वर्ष चालु खर्चतर्फ छ अर्ब ४१ करोड १८ लाख र पूँजीगततर्फ रु ए...
‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याइने

‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याइने

काठमाडौँ, २९ वैशाख । युवा संघ नेपालले वेरोजगार युवालाई रोजगारसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले ‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ । उक्त संगठनले यही जेठ १ गते २८ औँ स्थापना दिवशको अवसरमा सो केन्द्रलाई प्रयोगमा ल्याउन लागेको छ । विभिन्न रोजगारमूलक संघ संस्थासँग समन्वय र सहकार्य गरी रोजगारीकाबारे जानकारी गराउने तथा उद्यमशीलतामा आकर्षित गर्ने योजना छ । प्रत्येक वर्ष करिब पाँचल...
नेपालबिना भारतको धाम अधुरो, राम अधुरो : मोदी, सय करोड भारुको प्रतिबद्धता

नेपालबिना भारतको धाम अधुरो, राम अधुरो : मोदी, सय करोड भारुको प्रतिबद्धता

जनकपुर, २९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध राजनीतिक र कूटनीतिक मात्र नभएर देवनीतिका आधारमा नै स्थापित भएको बताएका छन् । रंगभूमि मैदान बाह्रबिघामा जनकपुर उपमहानगरपालिकाले शुक्रबार दिउँसो गरेको नागरिक अभिनन्दन लिएपछि प्रधानमन्त्री मोदीले नेपालबिना भारत अधुरो रहेको बताए । उनले भने, ‘नेपालबिना भारतको आस्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ । नेपा...
कानुन मिच्दै अरुण तेस्रोको शिलान्यास

कानुन मिच्दै अरुण तेस्रोको शिलान्यास

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ काठमाडौंबाट अरुण तेस्रो जलविद्युत आयोजनाको भिडियो कन्फेरेन्समार्फत शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीको केही समयअघि सम्पन्न भारत भ्रमणका क्रममा दिल्लीबाटै शिलान्यास गर्ने भनिए पनि उक्त कार्य हुन पाएको थिएन । जलविद्युत ऐनअनुसार जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र उर्जा मन्त्रालयले दिने ...
अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने

अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने

काठमाडौँ, २९ वैशाख । नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् । काठमाडौंमा शुक्रबार साँझ आयोजित संयुक्त पत्रक...
अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

पाँचथर, २८ वैशाख। अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् । अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् । फालेलुङ गाउँपालिका–७ का जनकलाल राई आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची कृषकलाई समेत त्यसको प्रयोग गर्न सुझाव दिएको बताउनुहुन्...
कर्णालीमा खडेरीको कहर, नांगा खेत हेर्दै चाउचाउ सुप

कर्णालीमा खडेरीको कहर, नांगा खेत हेर्दै चाउचाउ सुप

बाजुरा, २८ वैशाख। ‘डिलभिटा तीनताउन हुँदोबीच धानबाली,म सम्झिँदा फल्न्याँ दाल अहिले भयो खाली ।’ पाँच दशकअघि आफ्नो जवानीको समयकाल सम्झिँदै बाजुरा त्रिवेणी नगरपालिका–३ पुर्वुताकी ७५ वर्षीया रासकला शाहीले देउडा गीतमार्फत भनिन्, ‘खेतका आलीमा दलन बाली नहुँदा दालसमेत देख्न पाइएन ।’ उनी जवान हुँदा खेतका आलीमा भटमास, गहत, मुसुरी र मास प्रशस्त फल्थे । दक्षिणी क्षेत्रका बूढीगंगा, त्रिवेणी नगरपालिकाका ब्रह्...
उदयपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण

उदयपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण

गाईघाट, उदयपुर, २५ वैशाख । संघीयता कार्यान्वयन भएसँगै उदयपुर जिल्लामा पनि पहिलो पटक सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरले जिल्लाका आठवटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालयले जिल्लाका आठवटा स्थानीय तहहरुका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा सहकारी संस्था र तिनको सञ्चालन गर्ने...
भिडियो कन्फरेन्सबाट अरुण तेस्रोकोे शिलान्यास

भिडियो कन्फरेन्सबाट अरुण तेस्रोकोे शिलान्यास

काठमाडौँ, २१ वैशाख।  लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक एसजेभिएन नेपाललाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले राससलाई दिनुभएको जानकारीअनुसार बिहीबार उक्त अनुमतिपत्र दिइएको हो । नौ सय मेगावाट क्षमताको उक्त आयोजना भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको हो । सतजलले आयोजना निर्माणका लागि नेपालमा एसजेभ...
सामाजिक सुरक्षा भत्ता बढाउन ध्यानाकर्षण

सामाजिक सुरक्षा भत्ता बढाउन ध्यानाकर्षण

विराटनगर, २१ वैशाख। प्रदेश नं १ को बिहीबार शुरु भएको प्रदेशसभा बैठकमा सदस्यले सामाजिक सुरक्षा, एकल महिला भत्ता वृद्धि गर्नुपर्ने, वन फँडानी रोक्नुपर्ने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य अम्बिका थापाले प्रदेशको आगामी आर्थिक बर्ष २०७५/७६ को बजेटमा ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता रु पाँच हजार गर्न तथा एकल महिला मासिक भत्ता वृद्धि गर्न ध्यानाकर्षण गराउनुभयो । यसैग...
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ, २० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै पटकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट सर्वसाधारण जनतालाई समस्या भएको उल्लेख गरिएको छ । यसैबीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह...
ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

काठमाडौँ, २० वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल र ओमन सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ । उहाँहरुबीच आज मन्त्रालयमा आयोजित भेटमा सम्झौता मस्यौदामाथि छलफल गरी चाँडै दुई देशबीच श्रम सम्झौता गर्नेबारे कुराकानी भयो । छलफलमा मन्त्री विष्टले रोजगारीका लागि ओमन जाने नेपाली श्रमिकको हकहित र साम...
तातोपानी नाका खुल्ने सम्भावनाः लार्चा बन्दरगाह निर्माण शुरु

तातोपानी नाका खुल्ने सम्भावनाः लार्चा बन्दरगाह निर्माण शुरु

काठमाडौँ, २० वैशाख । ‘गोरखा भूकम्प’का कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः शुरु हुने भएको छ । नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माण हुने सुख्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा आज नेपाली र चिनियाँ अधिकारीबीच निर्माण शुरु गर्ने सम्झौता भएको छ । नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत...
त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन

त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन

काठमाडौँ, २० वैशाख । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनालाई सार्वजनिक वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भएको छ । आयोजनाका लागि आवश्यक पर्ने सरकारी वन क्षेत्र र सरकारी पर्ती जग्गाका सम्बन्धमा निर्णय गराउन पटक/पटक प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन । वन तथा भू–संरक्षण मन्त्रालयले समयमै निर्णय नगरिदिँद...
श्रमिकका अधिकार पूरा भएको छैन् : नेता नेपाल

श्रमिकका अधिकार पूरा भएको छैन् : नेता नेपाल

काठमाडाैँ, २० वैशाख । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभएको छ । विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई आज यहाँ सम्बोधन गदै उहाँले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले ट्रेड युनियनका अधिकार सुनिश्चित नभएसम्म श्रमिक सधैँ थिचोमिचोमा परिरहने उल्लेख गर्नुभयो ...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १९ वैशाख ।  नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।
निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

काठमाडौँ, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्नुभयो । तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक आयोजित सो सम्मेलनमा सिँचाइमार्फत कृषि उत्पादन कसरी वृद्धि गरी गरिबी निवारणमा योगदान पु¥याउने भन्ने रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँंचाइ मन्त्रालय र सिंँचाइ तथ...
काठको सरकारी र बजार मूल्यमा ठूलो अन्तर

काठको सरकारी र बजार मूल्यमा ठूलो अन्तर

काठमाडौँ, १९ वैशाख । सरकारी मूल्यअनुसार सालको गोलिया काठप्रति घनफिट रु ८०० छ, तर सोही काठ चिरानपछि बजारमा झण्डै रु ६ हजारका दरले बिक्री हुन्छ । महालेखापरीक्षकको कार्यालयले काठ दाउराको मूल्यमा द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड, प्रचलित बजार दर र वन नियमावली, २०५१ को मूल्यांकनबीच ठूलो अन्तर देखिएको भन्दै बजार मूल्यसमेतलाई आधार लिई लिलाम बिक्री गर्न सुझाएको छ । वन नियमावलीको नियम ९ को अनुसूची २...
रानीपोखरीको कङ्क्रिट हटाइउन १६ लाख

रानीपोखरीको कङ्क्रिट हटाइउन १६ लाख

काठमाडौँ, १८ वैशाख । रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री (कङ्क्रिट) हटाउनका लागि रु १६ लाख लाग्ने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाउनुपर्ने भएको काठमाडौँ महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले राससलाई जानकारी दिनुभयो । आचार्यले भन्नुभयो, “अब...
आज १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

आज १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

काठमाडौं, १८ बैशाख ।  आज १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन लागिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठ...
ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर

ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर

रोल्पा, १८ वैशाख । श्रीमान्ले रेखदेख नगरेपछि नौवर्ष अघि दुई शिशु च्यापेर सदरमुकाम लिवाङ आएकी रोल्पा गुम्चालकी ५० वर्षीया रुपसरी विष्ट ज्याला मजदूरी गरेर दैनिकी चलाइरहेकी छिन् । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काम गरेबापत उनले दैनिक रु ४५० ज्याला पाउँछिन् । जोखिमपूर्ण शारीरिक श्रम गरेपनि उनलाई दैनिक ज्यालाबाहेक अन्य सुविधा केही छैन । ज्यालाको रकम दुई छोराछोरी पढाउने, डेरा भाडा तिर्ने तथा साँझ ब...
शेयरमा लगानी गर्दैहुनुहुन्छ? सफलहुन यी कुरामा ध्यान दिनुहोस

शेयरमा लगानी गर्दैहुनुहुन्छ? सफलहुन यी कुरामा ध्यान दिनुहोस

थारै समयमा प्रशस्त पैसा कमाउने रहर कसलाई पो हुदैन । यदि तपाई पनि यस्तै पैसा कमाउने बिषयमा सोचिरहनु भएको छ भने तपाईका केहि सहि निर्णय तथा धैर्यताले त्यो गन्तब्य सम्म पुग्न सजिलो बन्न सक्छ । त्यसका तपाईले सोचे जस्तो ठूलै रकमबाट लगानी थाल्नुपर्छ भन्ने कुनै जरुरी हुँदैन । तपाई थोरै लगानीबाट नै सुरुवात गरेर समेत धनी बन्न सक्नुहुन्छ । तर, तपाईले सेयर बजारको केही आधारभूत नियमको बिषयमा भने पक्कै विशेष ...
बजारमा पाँच खर्बको कागजी नोट, सबैभन्दा बढी हजारका

बजारमा पाँच खर्बको कागजी नोट, सबैभन्दा बढी हजारका

काठमाडाैँ, १७ वैशाख। बजारमा करिब पाँच खर्ब रुपैयाँको कागजी नोट रहेको नेपाल राष्ट्र बैकले जनाएको छ। राष्ट्र बैकका अनुसार गत साताको शुक्रबार सम्ममा ४ खर्ब ७९ अर्ब ७५ करोड रुपैया कागजी नोट चलन चल्तीमा रहेको छ। त्यसैगरी, राष्ट्र बैकका विभिन्न ७७ वटा नोट कोषमा ५२ अर्ब रुपैया नोट मौज्दाज रहेको छ। १ रुपैया दरका १६ करोड थान, दुई रुपैयाँ दरका ९२ लाख थान, ५ रुपैया दरका ४ अर्ब थान नोट रहेको राष्ट्र बैककल...
बेरुजु १ खर्ब भन्दा माथि, सबैभन्दा बढी भौतिक पूर्वाधारमा

बेरुजु १ खर्ब भन्दा माथि, सबैभन्दा बढी भौतिक पूर्वाधारमा

काठमाडौं, १६ वैशाख। यो वर्ष विभिन्न मन्त्रालयमा एक खर्ब नौ अर्ब छ करोड बेरुजु भएको छ। महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ। महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरेको थियो । १० मन्त्रालय र अन्तर्गतका निकायबाट मात्र १४ अर्ब ४२ करोड ५४ लाख असुल गर्न महालेखाले भनेको छ। बाँकी विभिन्न समिति र संंस्था...
घर भाडा नतिरी ३ महिनासम्म बेपत्ता भएमा कारबाही

घर भाडा नतिरी ३ महिनासम्म बेपत्ता भएमा कारबाही

काठमाडौं, १६ वैशाख । के तपाईंले घर भाडामा लिएर बस्नुभएको छ ? पैसा छैन भनेर भाडा तिर्न हेलचेक्रय्याईं गर्दै हुनुहुन्छ कि ? ३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भो वडा कार्यालयले कारबाहीके प्रक्रिय अघि बढाउने छ । घरमा ताला लगाएर लज्जित बनाउन सक्छ, ख्याल गर्नुहोला । यो ऐन भदौ १ गतेबाट लागू हुनेछ । मुलुकी ऐन देवानी (संहिता) ऐन २०७४ को दफा ४ सय ४ मा घर लिने कुनै व्यक्ति बिनासूचना तीन महिना वा...
शेयर बजारमा यस साता चार अर्बभन्दा बढीको कारोबार

शेयर बजारमा यस साता चार अर्बभन्दा बढीको कारोबार

काठमाडौँ, १५ वैशाख ।  धितोपत्र बजारमा यस साता  चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको एक करोड एक लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १४ दशमलव ८६ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको रु चार अर्ब आठ करोड ८७ लाख ५७ हजार बराबरका ८८ लाख ५९ हजार ४१० कित्ता शेयर खरिद बिक्री भएका थिए । सात...
error: Content is protected !!