थारै समयमा प्रशस्त पैसा कमाउने रहर कसलाई पो हुदैन । यदि तपाई पनि यस्तै पैसा कमाउने बिषयमा सोचिरहनु भएको छ भने तपाईका केहि सहि निर्णय तथा धैर्यताले त्यो गन्तब्य सम्म पुग्न सजिलो बन्न सक्छ ।

Advertisement

त्यसका तपाईले सोचे जस्तो ठूलै रकमबाट लगानी थाल्नुपर्छ भन्ने कुनै जरुरी हुँदैन । तपाई थोरै लगानीबाट नै सुरुवात गरेर समेत धनी बन्न सक्नुहुन्छ । तर, तपाईले सेयर बजारको केही आधारभूत नियमको बिषयमा भने पक्कै विशेष ध्यान दिनुपर्दछ । हामीले आज तपाईलाई बताउन लागेको नियम त्यस्ता नियम हुन्, जसलाई विश्वका कैयन ठूला लगानीकर्ता समेत फलो गर्छन् र यिनै नियमहरुलाई मानेर अगाडि बढ्दा उनीहरु विश्वकै धनीको सूचिमा समेत आफ्नो नाम अटाउन सफल भएका छन् ।

यी  मन्त्र त्यस्ता हुन्, जसलाई वारेन बफेट, राधाकिशन दमानी, निर्मल प्रधान लगायतका लगानीकर्ताले समेत फलो गरेका थिए र अझै गरिरहेका छन् । यिनै मन्त्रहरुका आधारमा अगाडि बढ्दा वारेन बफेट आज सेयर बजारबाट भएको आम्दानीले नै विश्वकै अर्बपतिको सूचिमा तेश्रो स्थानमा समेटिन सफल भएका छन् ।

समयलाई नकुर्नुहोस्, जे गर्नुछ आजै गर्नुहोस
वारेन बफेटले भन्ने गरेका छन् कि बजारमा लगानीका लागि प्रत्येक समय सही समय हो । त्यसकारण बजारमा सही समयको प्रतिक्षा गर्न छाडिदिनुहोस् । यदि कुनै राम्रो कम्पनीको सेयर सस्तो मूल्यमा पाइएको छ भने लगानी गर्न थालिहाल्नुहोस् , भलै त्यो समयमा बजारमा दवाब नै किन नदेखिएको होस् । आम लगानीकर्ता समेत सही समयको प्रतिक्षामा बस्दा बजारमा लगानी गर्न पाउँदैनन् । यही क्रममा जब समय बित्छ र बजारको चाललाई देखेर उचाईमा पुगेको सेयरमा लगानी गरिदिन्छन् र घाटा व्यहोर्नुपर्छ ।

अरुलाई होईन आफैलाई हेरेर पैसा नलगाउनुहोस्
अरुले पैसा लगाइरहेको देखेकै कारण तपाई पनि कुनै कम्पनीमा लगानी गरिरहनु भएको छ भने यसमा तपाईलाई घाटा हुने संभावना अधिक हुन्छ । त्यसकारण सेयर बजारमा अरुको देखासिकी गरेर लगानी गर्नु हुँदैन । सेयर बजारमा सफल बन्ने एउटै मन्त्र हो–तपाई अरुलाईहोइन, अरुले तपाईलाई पछ्याओस् । यही बिषयमा वारेन बफेटले भनेका छन् कि जब दोश्रो व्यक्ति लालची बनेको देख्नुभयो भने त्यो बेला तपाई सचेत बन्नुहोस् । अनि जब दोश्रो व्यक्ति सतर्क बन्न खोजिरहेको छ भने यही बेलामा तपाई चाहि कमाउने बिषयमा थोरै लालची भएर सोच्न थाल्नुहोस् ।

मूल्यमा भन्दा महत्वलाई प्राथमिकता पदनुहोस
कुनै पनि लगानीकर्ताले जुन कम्पनीको सेयरको मूल्य सबैभन्दा महंगो छ, त्यो चाहि राम्रो सेयर हो भन्ने भ्रम पाल्नुहुन्न । कैयन अवस्थामा १०० देखि २०० रुपैयाँ हाराहारीकै सेयर समेत मूल्यवान बन्नसक्छ, यदि त्यो कम्पनीको प्रदर्शन राम्रो छ भने । त्यसकारण सफल लगानीकर्ताले भन्ने गरेका छन् कि कुनै पनि कम्पनीको सेयर खरीद गर्नुअघि त्यसको मूल्य होइन, कम्पनीको प्रदर्शन र अवस्थाको बिषयमा ध्यान दिनुहोस् । यदि कम्पनीको प्रदर्शन राम्रो छ भने बजारमा जति नै ठूलो उथलपुथल भए पनि तपाईको लगानीले रिटर्न दिन्छ ।

कम्पनीले दिने लाभांशको नियमितता
सेयरमा लगानी गर्नुअघि कुन कम्पनीले लगातार लाभांश दिइरहेको छ भन्ने कुरा हेर्न भूल्नुहुन्न । यदि कुनै कम्पनीले नियमित हिसाबमै लगानीकर्तालाई लाभांश दिइरहेको छ भने यसको अर्थ हो सो कम्पनीमा क्यास९पैसा०को कुनै कमी छैन । क्यास सरप्लस भएको कम्पनीको प्रदर्शन समेत राम्रो हुन्छ । किनभने यस्तो अवस्थामा यी कम्पनीको सेयरसँगै तपाईले लगाएको पैसा समेत तीव्र रुपमा बढ्ने धेरै संभावना हुन्छ।

कर्जा न्युन भएको कम्पनीको छनौट
लगानी गर्नुअघि कुन कम्पनीको कर्जा सबैभन्दा कम छ भन्ने हेर्नुहोस् । किनभने ऋण कम भएको कम्पनीमा नगदको दवाब कम हुन्छ । धेरै ऋणमा डूबेका र दायीत्व बढी भएका कम्पनीको सेयरमा लगानी नगर्नु नै उत्तम हुन्छ ।।

एकैपटक सबै पैसा नलगाई पटक पटक गरि लगाउनुहोस्
सेयर बजारमा अक्सर उतारचढाव भइरहन्छ । यस्तो अवस्थामा नाफा कमाउने एउटा भरपर्दो नियम हो, तपाईसँग भएको सबै पैसा एकैसाथ सेयर बजारमा लगानी नगर्नुहोस् । यदि कुनै कम्पनीको सेयरमा लगानी गर्न चाहनुहुन्छ भने आफूसँग भएको पैसा कैयन हिस्सामा बाँड्नुहोस् र बिस्तारै बिस्तारै लगानी गर्दै जानुहोस् । यदि सेयरमा गिरावट जारी नै रहेको छ भने तपाईले खरिदारीलाई जारी राखी खरीदको औसत घटाउन सक्नुहुन्छ । त्यसकारण पहिला रणनीति बनाउनुहोस्, अनि मात्र लगानी गर्नुहोस् ।

लक्ष्यप्रति व्यवहारिक र अडिग बन्नुहोस्
बजारमा यस्ता सेयरको कुनै कमी छैन, जसले एकवर्षमा पत्याउनै नसकिने रिटर्न समेत दिएका छन् । मजबुत सेयरको बढोत्तरी स्थिर देखिरहेको छ भने यस्तो अवस्थामा बजारमा सुरक्षित लगानीको क्षेत्र मानिने कम्पनीको सेयरले कम समयमै धेरै ठूलो रिटर्न दिने संभावना समेत ज्यादै न्यून हुन्छ । तथापि, लामो समयका लागि लगानी गर्न सकियो भने यस्तो सेयरले तपाईलाई निकै ठूलो रिटर्न दिन्छ ।

बजारको अफवाहप्रति ध्यान दिनुहोस्
वारेन बफेटका अनुसार कुनै पनि सेयरमा लगानी गरेपछि त्यसको मूल्यमा पटक पटक ध्यान दिनू गलत बानी हो । त्यो सेयरलाई केही समयसम्म छाडिदिनुपर्छ । सेयर बजारमा अफवाह खूबै चल्छ । यसकारण यस्ता अफवाहबाट लगानीकर्ताले बच्न पनि आवश्यक छ । ज्यादा रिटर्नको लालच पाल्दै नपाल्नुहोस्, यदि तपाईले १५ देखि २० प्रतिशतसम्मको रिटर्न देख्नुभयो भने त्यस्ता सेयरमा लगानी गरे हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!