काठमाडौँ, २० वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल र ओमन सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ ।

Advertisement

उहाँहरुबीच आज मन्त्रालयमा आयोजित भेटमा सम्झौता मस्यौदामाथि छलफल गरी चाँडै दुई देशबीच श्रम सम्झौता गर्नेबारे कुराकानी भयो । छलफलमा मन्त्री विष्टले रोजगारीका लागि ओमन जाने नेपाली श्रमिकको हकहित र सामाजिक सुरक्षाका लागि द्विपक्षीय श्रम सम्झौता अत्यावश्यक भएकाले मस्यौदालाई छिट्टै अन्तिम दिएर सम्झौता गरिने बताउनुभयो ।

अहिले मन्त्रालयमा श्रम सम्झौताबारे मस्यौदामाथि अन्तिम छलफल भइरहेको छ । मस्यौदामाथि केही दिनको छलफल र निष्कर्षपछि सम्झौताको मिति तय गरिने राजदूत पराजुलीले बताउनुभयो । कामदारको सामाजिक सुररक्षा र रोजगारदाता मुलुकलाई थप जिम्मेवार बनाउनका द्विपक्षीय श्रम सम्झौता महत्वपूर्ण हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!