काठमाडाैँ, १७ वैशाख। बजारमा करिब पाँच खर्ब रुपैयाँको कागजी नोट रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

राष्ट्र बैकका अनुसार गत साताको शुक्रबार सम्ममा ४ खर्ब ७९ अर्ब ७५ करोड रुपैया कागजी नोट चलन चल्तीमा रहेको छ। त्यसैगरी, राष्ट्र बैकका विभिन्न ७७ वटा नोट कोषमा ५२ अर्ब रुपैया नोट मौज्दाज रहेको छ।

१ रुपैया दरका १६ करोड थान, दुई रुपैयाँ दरका ९२ लाख थान, ५ रुपैया दरका ४ अर्ब थान नोट रहेको राष्ट्र बैककले जनाएको छ। त्यस्तै १० रुपैयाँ दरका ३७ करोड, २० रुपैया दरका २३ करोड, २५ रुपैया दरका २२ लाख, ५० रुपैयाँ दरका १७ करोड थान रहेका छन्। १ सय दरका १७ करोडथान २ सय ५० दरका ३४ करोड, पाँच सय दरका १९ करोड र १ हजार दरका ३ अर्ब थान कागजी नोट रहेको राष्ट्र बैंकले जनाएका छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!