काठमाडाैँ, ३१ वैशाख । नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, झन्डै वार्षिक ३ खर्ब रुपैयाँबराबरका कृषि वस्तु आयात हुन्छन् । नेपालमा नुनदेखि सुन मात्रै होइन कोदो र कोदाको पिठोसमेत आयात हुन्छ ।

Advertisement

भारतबाट यो वर्ष मात्र तीन करोड आठ लाख ३७ हजारको कोदो आयात भएको छ ।

त्यस्तै, स्वदेशमै उत्पादन हुन सक्ने खासीबाख्रा, माछा, चामल, गहुँ, तरकारी, फलफूल, पिठो, सूर्ती, चुरोट, काठ, कागज, धागो, पशुका भुत्ला, छाला, मञ्जन, ट्वाइलेटपेपर, सियोलगायतका सामान पनि विदेशबाट आयात हुन्छन् । यसरी नेपालमा २१ हजार ६ सयभन्दा बढी प्रकारका वस्तु आयात हुन्छ ।

चालू आवको नौ महिनामा नेपालले १४६ मुलुकसँग व्यापार गरेको छ । जसमध्ये २२ मुलुकसँगको व्यापार मात्रै नाफामा रहेको भन्सारको तथ्यांक छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!