बुद्व तामाङ्ग

भोजपुर, ३० बैशाख । मालपोत कार्यालयमा खुलेआम आर्थिक लेनदेन हुने गरेको खुलासा भएको छ । जग्गा लेनदेनमा कार्यालय भित्रैका कर्मचारीले पैसा माग्ने गरेको रहस्य खुलेको हो ।

Advertisement

मालपोत कार्यालयमा जग्गा पास तथा नामसरीमा सर्वसाधारणसँग ५ सयदेखि ५ हजारसम्म रसिद नकाटी लिने गरेका छन । ‘कार्यालय सहयोगीले समेत जग्गा पास गर्न सहयोग गरेको भन्दै सर्वसारधणसँग रकम माग्ने गरेका छन ।’ जग्गा पास गर्न पुगेका भोजपुर नगरपालिकाका एक सर्वसाधारणले भने ‘न्यूनतम ५ सयदेखि माथि जति सक्छ त्यति दिनु भनेर माग्छन ।’

मालपोत कार्यालयले सदरमुकाम र दिंला बजारमा शाखा विस्तार गरेर सेवा दिए पनि सर्वसारधाणबाट भने रकम अशुल्न भने छोडेका छैनन । ‘जग्गा पास गर्दा लेखपढी गर्ने व्यक्तिले नै राजस्व लिने र रसिद काट्ने गरेको षडानन्द नगरपालिका–९ का निम्छिरी शेर्पाले बताए ।

पास गर्न जाँदा लेखपढी गर्ने व्यक्तिले रसिद काटेपछि कार्यालय समय सकिएपछि कमिसन कार्यालयका कर्मचारीलाई वुझाउने गरेको शेर्पाले दावी गरे ।

कर्मचारी नभएको भन्दै कार्यालयका सहयोगी कर्मचारीले धम्काउदै पैसा माग गर्ने गरेको सर्वसाधारणले गुनासो गर्ने गरेका छन । जिल्ला मालपोत कार्यालयमा कार्यरत खरिदार छत्रकुमार श्रेष्ठ र कार्यालय सहायक नरेन्द्र बस्नेतले सेवाग्राहीलाई रसिद नै नदिइ रकम लिने गरेको स्रोतले जनाएको छ ।

जिल्ला मालपोत कार्यालय र दिंला मालपोतमा दैनिक २० देखि ३५ जनासम्म जग्गा पास तथा नामसरीको लागि २ दिनसम्म लगाएर सर्वसाधरण आउने गरेका छन ।

मालपोत कार्यालय भोजपुरमा १ नगरपालिका र ६ गाउँपालिका तथा दिंला मालपोत कार्यालयमा १ नगरपालिका र १ गाउँपालिकाको जग्गा पास तथा नामसरीको काम हुने गरेको जिल्ला मालपोत कार्यालय भोजपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!