काठमाडौं, १६ वैशाख। यो वर्ष विभिन्न मन्त्रालयमा एक खर्ब नौ अर्ब छ करोड बेरुजु भएको छ। महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ।

Advertisement

महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरेको थियो । १० मन्त्रालय र अन्तर्गतका निकायबाट मात्र १४ अर्ब ४२ करोड ५४ लाख असुल गर्न महालेखाले भनेको छ। बाँकी विभिन्न समिति र संंस्थाबाट २ अर्ब ८३ करोड ४१ लाख असुलउपर हुनुपर्ने औँल्याएको छ।

कुल बेरुजु रकममध्ये कर्मचारीले पेस्कीका रूपमा लिएका, तर फर्छ्योट नभएको रकम दुई अर्ब ६९ करोड १० लाख रुपैयाँ छ। सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका संगठित संस्थाको छ। एक खर्ब ३३ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ लेखापरीक्षण हुँदा मन्त्रालयको बेरुजु बेरुजु २१ अर्ब २९ करोड ५१ लाख ३३ हजार रुपैयाँ छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!