कैलालीका उद्योग क्षेत्रमा लगानी बढ्दै, नयाँ उद्योगमा डेढ अर्ब लगानीको प्रस्ताव
धनगढी, १२ भदौ । कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ ।
दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी रु १२ करोड रहेको छ । घरेलु तथा साना उद्योग कार्याल...






























