पेट्रोल, डिजेल, मट्टितेल र ग्यासमा मुल्य बृद्धि
काठमाडौं, २० भदौ। नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो ।
खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएक...





























