माछापालनबाट मनग्य आम्दानी
बागलुङ, २७ फागुन । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पार्नुभएको छ ।
माछा बेचेर श्रीसले गत वर्ष रु एक लाख आम्दानी गर्नुभयो । विसं २०७० मा सानो पोखरीबाट शुरु गर्नुभएका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आउनुभएको छ ।
“पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० वर्षीया श्रीसल...
































