बेलबारी नगरपालिकाले नगरबासीका लागि ८० हजार डोज कोरोना खोप किन्ने
मोरङ । मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिद प्रकृया थालेको छ । यसका लागि नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति माग गरेको छ । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरीद गर्ने तयारी गरेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले जानकारी दिए । नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गर्दै मन्त्रालयमा पत्राचार गरेको हो ।
पहिलो चरणमा १८ बर्षदेखि ४० बर्षसम्म ...





























