- संगालोखबर सम्वाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच गएराती सहमति भएको छ । नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच भएको छलफलमा ५ बुँदे सहमति भएको हो । सहमतिसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलन स्थगित भएको छ ।

गत जेठ १४ गते काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ईमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । घटनाको बिरोधमा देशभरका स्वास्थ्यकर्मीले आन्दोलन गर्दै आएका थिए ।

प्रतिनिधिहरुवीच भएको छलफलबाट ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात गर्ने र सीसीटीभी फुटेज गायव पार्नेलाई तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने लगायत सहमति भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!