केएमसीद्वारा मनोहरामा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंको मनोहरा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मनोहरा नगरपालिका वडा नं. २ सँगको सहकार्यमा स्थानीय आलापोट स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै मनोहराका मेयर कृष्णहरी थापा, केएमसीका चिफ म्यानेजमेन्ट कन्सल्टेन्ट डा.केपी शर्मा, केएमसीका जेनेरल मेनेजर नारायण दाहाल लगायलते गरिब तथा बिपन्न बिरामी...






























