निश्चल पोख्रेल

मैले तिमीलाई जन्म दिएँ
दश धारा दुध पिलाएँ ।
मेरो कोमल छातिमा राखि
मायाँ गरेँ तिमीलाई ।

निश्चल पोख्रेल, लालिगुँरास नगरपालिका–९ तेह्रथुम (हाल-धनकुटा)

कतै मैले गर्ने मायाँमा केहि कमी त भएन ?
कि त मैले पिलाएको दशधारा दुधमा,
अमृतको सट्टा कुनै विष त थिएन ?

Advertisement

किन तिमी आफ्नै चेली माथि गलत नजर राख्छौ ।
तिमीलाई खाना पकाई खुवाउने म,
तिम्रा जुठा भाँडा माझ्ने म,
तिम्रा लुगा धुने म ।

किन तिमी हामी माथि हेला गरिरहेछौ,
तिमी दुर्गा काली सरस्तीको पुजा गरेको भन्छौ
तर त्यो हामीलाईहेर्न दिन्नौ किन ?

सक्छौ भने स्वतन्त्र भएर वाँच्ने अधिकार देउ
सक्दैनो भने नारीको पुजा गरेको स्वाङ पार्छौ किन
आज तिमी हामीलाइै आफ्नो मृत श्रीमान सँगै
जल्न वाध्य पारि रहेछौ ।

जिउँदै चितामा जलाई रहेछौ
अनि नारीको पुजा गरेको स्वाङ पारि रहेछौ
तिमी म जति मायाँ कसैलाई गर्न सक्छौ ?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!