म पीडामा बाचु कि खुसिमा तिमिलाई के भो
म आधिमा बाचु कि झुसिमा तिमिलाई के भो
जसरी म बाचु आज त्यो मेरो आफ्नो मर्जि
होसमा बाचु या बेहोसीमा तिमिलाई के भो
मेरो घरको दियालो तिमिले बाल्दिने होइन
उज्यालो बाचु या अध्यारो तिमिलाई के भो
बाटोमा म एकलै भए नि मैले नै हिड्नु पर्छ
यात्रा लामो होस या छोटो तिमिलाई के भो
कट्छ दुई दिने चोला यो अब त यसरी नै
कसैले देखोस नदेखोस तिमिलाई के भो