
काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको साढे ४६ करोड रुपैयाँ बराबरको हिनामिना प्रकरणमा पूर्वमहाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल र नायब महाप्रबन्धक महेश प्रसाद काफ्लेसहितलाई भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेको हो । पौडेल र काफ्लेलाई १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ बिगो माग दाबी गर्दै प्रतिवादी बनाइएको छ ।
यस्तै तत्कालीन निमित्त महाप्रबन्धक नबल किशोर साहसहित अन्य ६ जना विभागीय प्रमुखहरूलाई जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ बिगो दाबी गरिएको छ ।
मुद्दा दायर गरिएका अन्य कर्मचारीहरूमा सञ्जय कुमार लाल, महेश प्रसाद साह, रविचन्द्र पौडेल, हरि प्रसाद अधिकारी र राम बहादुर जीसी छन् । उद्योगमा सिमेन्ट बनाउन प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ को खपत कागजमा धेरै देखाउने तर उत्पादन भने कम देखाउने गरी हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 













