पबित्र मायाको बिउ सधैं रोप्दा मैले ।
धोकाको फुल सधैं फुलाउने तिमी ।।

तिम्लाई आफ्नै सम्झी बिश्वास गर्दा मैले ।
मेरो बिश्वासको डोरो चुडाउने तिमी ।।
बेसाहारा थियौ तिमी साहारा दिदा मैले ।
आफै बस्ने घर बस्ती भत्काउने तिमी ।।
आफुलाई रित्ताउँदै तिम्रो पोल्टो भर्दा मैले ।
आज मलाई कंगाल बनाई रमाउने तिमी ।।
जिन्दगी धितो राखी तिम्लाई खुशी दिदा मैले ।
सारा हाँसो खुशी पराई माथी खन्याउँने तिमी ।।