निश्चिल पोख्रेल, सोल्मा-३, तेह्रथुम

ढकमक्क फुलेका छन,
सोल्माका प्रत्येक पाखाहरु
कति माधुर्य छन, कोईलीका
ति बिरही भाकाहरु,

जहाँ गुँरास, चाप र चिमाल फुलेका फाटहरु
सिगारिएको बेहुली झै देखिने प्रत्येक जुनेली रातहरु
पहराबाट छहरा हामफालेका धुनहरु
छालमा उदाउछन पुर्णिमाका जुनहरु,

Advertisement

सोल्माको जन्मद्धार निम्तो गर्छ
सोल्माका गाउँ बस्तीहरु
दौरा सुरुवाल खुकुरीले
चौबन्दी फरिया र पटुकीले,

चिटिक्क सजिएका छन
भञ्ज्याङ र पाखाहरु
लैबरी भाका गुञ्जिरहेका छन
धुपी साल र सल्लाघारी, सुसाईरहेका छन ।
सोल्माले निम्तो पठाई रहेछ
फर्क हे सोल्माका छोराहरु
माटोले पसिना मागिरहेछ
यहि छ हिरा यहि छ मोति,

यहि छ सुनचाँदी
तोरी र बुकी फुल्दछन सुनचाँदीका गहना
तिनजुरेको चुचुरोमा उषाका किरण खस्दा
सित परेका बिहानीहरु,

मोति झै मुस्कुराई रहेछ
सयपत्री मखमली छातिमा फुलाई
सोल्मा आफैमा मुस्कुराई रहेछ
देशभक्तहरुलाई ब्युझाईरहेछ
उठाई रहेछ निम्तो पठाई रहेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!