- भोला घिमिरे, तेलिया । हाल- धनकुटा नपा- ५ धनकुटा

स्थानीय चुनाव आयो…..परिवर्तन रमाईलो गरायो ।
दुईदशक स्थानीय चुनाव खाली थियो
बल्ल-बल्ल पहिलो चुनाब संविधानले दियो
नयाँ हाम्रो संविधानले परिवर्तन ल्यायो
दरवारको अधिकार गाउँ सहर आयो

भोला घिमिरे, तेलिया । हाल- धनकुटा नपा- ५ धनकुटा

स्थानीय चुनाव आयो…..परिवर्तन रमाईलो गरायो ।
दलित छानौ अल्पसंख्यक महिलालाई छानौ
चुनाव चिन्ह कुन चाहि हो अरुवाट जानौ
शान्त स्वभाव बिवेकशिल शान्त छवि भाको
आजसम्म समाजको सेवा गर्दै आको

Advertisement

स्थानीय चुनाव आयो…..परिवर्तन रमाईलो गरायो ।
असल व्यत्ति नेता छानौ पुरुष होस वा महिला
सफल पारौ स्थानीय चुनावलाई पहिला
हाम्रो होईन राम्रो मान्छे विकाशको लागी
निजी स्वार्थ नभएको निष्ठावान त्यागी

स्थानीय चुनाव आयो…..परिवर्तन रमाईलो गरायो ।
हिमाल पहाड तराई हामी एकै दाजु भाई
नयाँ नेपाल वनाएर छाडौ देशलाई
समाजका वस्ती,टोल, वडा ,सहर गाउँ
विकाश गरौ मिलिजुली भई एकै ठाँउ

स्थानीय चुनाव आयो…..परिवर्तन रमाईलो गरायो ।
आफ्नो हक अधिकार मत प्रयोग गरि
प्रष्ट भई स्वतन्त्रले लागौ चुनावभरि
देशै भरि गुन्जिएका चुनावका नारा
स्थानीय चुनावले खुसियाली सारा
स्थानीय चुनाव आयो…..परिवर्तन रमाईलो गरायो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!