रुप फेरियो रंग फेरियो
सपना त उहि हो नि,
वाचा फेरियो कसम फेरियो
तर, सपना त उहि हो नि ।
भावना फेरियो मर्म फेरियो
तर, गजल कविता उहि हो नि,
शव्द फरक अर्थ फरक
तर, वोली त उहि हो नि ।
आयो देशमा गणतन्त्र अनी संविधान
तर, नेपाल उहि हो नि,
आयो वन्दुक थरिथरि
तर, वारुद गोली उहि हो नि ।
नयाँ जमानाको नयाँ परिवेश
तर, सोचाइ उहि हो नि,
परिवर्तन लेर्खाइ मात्र तर,
संस्कार संस्कति उहि हो नि ।