
तिम्रै हुँ म भन्दै गयौ तिमी टाढिएर
झुटको खेती गर्दै गयौ तिमी साटिएर
मान्छे हो कहिलेकाही कुरा मिल्दैन नि ।
झगडा त्यो सोच्दै गयौ तिमी तातिएर
सानो कुरो सोध्नु थियो तिमीलाई आज
नदेखे झै गरि गयौ तिमी ठाटिएर ।
टुट्दै थियो सन्सार जोडिन गाह्रै
थियो ढुङ्गा लाग्छ भन्दै गयौ तिमी आतिएर
माया यो चोखो हुन्छ भन्थे सबै मलाई
देखेँ दागै दागले गयौ तिमी ढाकिएर ।