निश्चल पोख्रेल, सोल्मा-३, तेह्रथुम

गाउँ वेसी र रोधि घर
धाउदै छौ कि सानु,
लै–वरीको भाका हाली
गाउँदै छौ कि सानु ।

 

Advertisement

तिमी बिना अधुरा छन,
उराठ लेक–वेसी,
सुवास्नाको हरियाली,
छाउदै छौ कि सानु ।

 

बाह्र हाते पटुकीमा गुन्यु–चोली,
लाउदै छौ कि सानु,
टारी खेतको रोपाई पनि
धाउदै छौ कि सानु ।

 

नदेखेको धेरै भयो,
फेरियौ की सानु,
बस्छौ तिमी क्षितिज पारी,
अजम्वरी माया प्रिरती लाउदै छौ कि सानु ।

 

गाउँ वेसी र रोधि घर
धाउदै छौ कि सानु,
लै–वरीको भाका हाली
गाउँदै छौ कि सानु ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!