- संगालोखबर संवाददाता

धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २६ औँ स्थापना दिवसको अवसरमा मंगलवार धनकुटामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्वद्धन विषयक कविता प्रतियोगिता गरिएको छ ।

Advertisement

धनकुटा स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता गरेको हो ।जिल्लाका आठ विद्यालयले भाग लिएको प्रतियोगितामा गोकुण्डेश्वर बालमन्दिर माविका छात्र रोशन राई प्रथम, भाषा माविका छात्रा आकृति भण्डारी द्धितिय र गोकुण्डेश्वर बालमन्दिर माविकी छात्रा विर्षिका राई तृतिय भएका छन ।

प्रतियोगितामा सहभागि १३ जना विद्यार्थीले कार्यक्रम स्थल मै आप्mनो रचना तयार गरी वाचन गरेका थिए । प्रतियोगितामा विजयी विद्यार्थीलाई आगामी माघ २८ गते अख्तियारको २६ औँ स्थापना दिवसको अवसरमा पुरस्कृत गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाका प्रमुख पुरषोत्तम ढकालले जानकारी दिए ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई, जिल्ला शिक्षा अधिकारी रामवहादुर थापा, धनकुटा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत मिङ्गमादोर्जे शेर्पा, हुसाडेक नेपालका महासचिव पर्शुराम नेपाल लगायतले मुलुकमा दिनानुदिन भ्रष्टाचार वढ्दै गएको प्रति चिन्ता ब्याक्त गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्वद्धनमा अख्तियारको भुमिका महत्वपुर्ण हुने बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!