काठमाडौ। साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले गरेका छन् ।

आज यहाँ आयोजित ‘मेरो ‘मधुशाला’ उपन्यास सार्वजनिकिकरण एवम् अन्तरसंवाद कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने बताए ।

Advertisement

उनीहरुले उपन्यास भाषा र साहित्यका दृष्टिले उत्कृष्ट रहेको बताए । साहित्यकार नयनराज पाण्डेले नेपाली समाज सर्जकहरुका लागि स्वर्ग रहेको भन्दै यसको सदुपयोग हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– “युरोप, अमेरिकामा नयाँ कथा र परिवेश पाउन सकिँदैन सबै कृतिमता छ, नेपालमा प्रत्येक पाइलामा नयाँ कथा र पात्र भेटाउन सकिन्छ ।

साहित्यकार गगनसिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ उपन्यासको शनिबार राजधानीमा विमोचन गर्दै साहित्यकार नयनराज पाण्डे, रङ्गकर्मी अशेष मल्ल र लेखक थापा (बिचमा) । तस्बिर : किरण भट्टराई, रासस

साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लले बढ्दो उमेरकाबीच साहित्यकार थापाको निरन्तर कृति प्रकाशनप्रति बधाई दिँदै त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

लेखक थापाले उपन्यासका प्राय कथा आफ्नै जीवन भोगाइ र दृश्य देखाइका घटना भएको बताउनुभयो । आफूले मद्यपान नगरे पनि समाजको त्यो अध्यारोपाटोलाई आफूले नजिकबाट नियालेका आधारमा यो कृति तयार भएको उहाँको भनाइ छ ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तक ३२० पृष्ठ र मूल्य रु ४५४ रहेको छ । साहित्यकार थापाको यसअघि ‘सोह्र सौगात’ कथा सङ्ग्रह्र, ‘कर्णालीको छेउछाउ’ उपन्यास, ‘पूर्खाको चिठी’ उपन्यास प्रकाशित भइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!