बोलेको बोली छाडेको गोली कहिल्यै फर्किन्न

जूनतारा टिपि तिमीलाई दिने भो बचन म दिन्न
सोचेको जस्तो भइदिने भए फूलैमा राख्थे कि
तिमीलाई भनि कोसेली स्वरूप स्वर्ग नै झार्थेकि
सपना आखिर सपनै हुन्छ तिमीलाई त्यो म दिन्न
नदिए पनि यी कोरा सपना नपार मन खिन्न बोलेको बोली………………
यी सारा बाचा नदिए पनि निरास चाहिँ नबन
तिमी जे भन भोग्न तयार छु लाछी त नभन
बगेको खोला उडेको प्राण कहिल्यै फर्कन्न
नियत्ती हाम्रो कस्तो हुने हो भो वचन म दिन्न