काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ ।

Advertisement

अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व हुनुहुन्थ्यो । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल हुनुभएको थियो ।

प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ः०० बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने र ३ः०० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । उहाँको एक छोरी हुनुहुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!