तिमी जस्तो अरु छैन त्यसैले त पर्खि रहे !
जवानीमा जादु देखे र त माया छर्कि रहे !!

जीन्दगीको सारा हिस्सा,अनायासै सुकि जादा !
के हिउद के बर्षाद झरि बनी बनि दर्कि रहे !!
समयले पात सरी,लत्याएर टाढा फ्याक्दा !
धेरै डाडा काटे पनि यहि ठाउँ फर्कि रहे !!
तिमीलाई मन पराउनु ठुलै पाप भयो अरे !
कुबिचार समाजको कुरा सुनि चर्कि रहे !!
तिमी जस्तो अरु छैन त्येसैले त पर्खी रहे !
जिबनमा जादु देखे र त माया छर्कि रहे !!