- प्रेम राई परीक्षित

सोचाई उहि पुरानो, गराई उही पुरानो

हिडाई उही पुरानो, हेराई उही पुरानो, बर्ष मात्र नयाँ सबै पुरानो,

Advertisement

त्यही पुरानोको थुप्रोबाट सकि नसकी नव बर्षको औपचारिकता मनाइरहेछु,

प्रेम राई परीक्षित- बासबारी काठमाण्डौ ।

यथास्थिती जालोमा आफै बेरिएर अनेकन सुदुर सपना सजाईरहेछु,

मान्छेको सार्थकता नबुझेर केवल दिवस मनाईरहेछु

सस्कृतिलाई माया गर्ने म एउटा भिन्न सस्कृति पछ्याईरहेछु

भोज भतेर पार्क अनि डान्स बारहरुमा बिदेशी महंगा मदिराको,

सुन्दर बोतल रित्याउदै राष्ट्रबाद ओकलिरहेछु,

जे होस मान्छे उही पुराना सोच उही पुरानो होस उही पुरानो,

बर्षमात्र नयाँ सबै पुरानो त्यही पुरानोको जितसँगै,

सकिनसकी नवबर्षको औपचारिक्ता मनाईरहेछु।

पुरानोसँगको घर झगडा नसकिएको बेला खै नयाँ कुरा कसरी बिजारोपन होलान ?

पुरानोले जग राम्रै गाडेको बेला खै नयाँ मन्जरी कसरी बिना संकोच पलाउला ?

त्यसैले तेहि पुरानै रङ्गहरु उडाउदै नवबर्ष रङ्गाईरहेछु,

रिमिक्स गरेर आफैलाई जानी नजानी बङ्गाईरहेछु,

खिया लागेका सोचहरु खै नवबर्षले कोत्रने हो हैन ?

कलेटी ओठहरुमा खै नवबर्षले मुस्कान पोत्ने हो हैन ?

असरल्ल मनहरु खै नवबर्षको आश्वासनले फर्किने हो हैन ?

नयाँ बोतलमा पुरानै पानी हालेर तिर्खा मेटिने हो हैन ?

आशा र आश्वासनले कति थेग्न सक्छ मनलाई ?

किनभने कुरो तेहि पुरानै, नून भुटुनको कुरो तेहि पुरानै,

घरको छानोको कुरो त्यही पालको अनि कुरो त्यही पुरानो,

रबाफको कुरो त्यही पुरानो जवाफको सबै पुरानो,

अनि बर्ष मात्र नयाँ,

तेहि पुरानोहरुको निरन्तरता अनि शृङ्खला भित्र,

निसासिएर एउटा नवबर्ष रमाइरहेछु,

श्राद्धमा बिरालो बाधेर एउटा बिरासत थामिरहेछु,

एउटा खल्लो उत्सब मानिरहेछु ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!