वसन्तको उदयसँगै
वोटविरुवाहरु हरियाली छाए,
अति शुन्दर मौसम मानी
कोईलीले मिठो गित गाए ।

वसन्तको मन्ध झोक्कासँगै
गुँरास फुल्दा आनन्दको संसार भनी,
मायाँलु जोडीले गीत गाए ।
वसन्तको पालुवासँगै
जोडी ढुकुर जस्तो,
मायाँलु जोडीले आफ्नो संसार वसाए ।
वसन्तको आगमनसँगै
मायाँका मुहानहरु रसाए,
वसन्त नै हो कि जस्तो लाग्दछ
मायाँको यो मौसम ।
वसन्तलाई देखि गुरास मुस्कुराउँदा
वसन्तलाई देखि लजावति लजाउँदा,
स्वर्ग जस्तै लाग्ने गर्दछ
एकान्तमा वसि वाँसुरी वजाउँदा ।