
विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा ओम जोगी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट जोगी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्ष निशान्त भट्टराई, सुहानी श्रेष्ठ, आदर्श आचार्य र रुकुल अमात्य चयन भएका छन् । यस्तै कार्यकारी उपाध्यक्षमा संयुक्ता कोइराला, आरोग्य कोइराला र आदित्य कोइराला निर्वाचित भएका छन् ।
पब्लिक रिलेसन अफिसर पदको जिम्मेवारी प्रतिज्ञा अधिकारीले पाएकी छन् भने महासचिवमा रक्षिता तिम्सिना र कोषाध्यक्षमा श्रीजेश कट्टेल चयन भएका छन् । कानुनी सल्लाहकारमा आरभी तिम्सिना तथा तालिम निर्देशकमा मदन नेपाल निर्वाचित भए ।
कार्यक्रममा गणेश–जमुना पुरस्कार (वर्ष उत्कृष्ट पर्यवेक्षक) याल्जिना थापालाई प्रदान गरिएको थियो । उत्कृष्ट बोर्ड सदस्यको उपाधि नवनिर्वाचित अध्यक्ष जोगीले प्राप्त गरे ।
यस्तै उत्कृष्ट कार्यक्रम संयोजक रुकुल अमात्य घोषित भए । वर्ष उत्कृष्ट सदस्यको उपाधि निशान्त भट्टराई उपाध्यायले प्राप्त गरेका छन् भने २०२५ को उत्कृष्ट ककसका रूपमा सुहानी श्रेष्ठ घोषित भइन् ।

संगालोखबर 













