विद्युत प्राधिकरणबाट हितेन्द्रदेवलाई हटाइयो, मनोज सिलवाल नयाँ एमडीमा नियुक्त
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरिएको छ । प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक समेत रहेका इन्जिनियर सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त ग...





























