आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

विराटनगर । आज काग तिहार पर्व मनाइदैछ । यमराजको दूत मानिने कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने विश्वासका आधारमा कागलाई यमदूत भन्ने गरिन्छ । यमराजसमक्ष कागले राम्रो खबर लगिदियोस् भनेर कागलाई पूजा गरी खान दिई खुसी पार्ने चलन छ । काग घर छेउमा आएर कराउँदा केही खबर ल्याएको भन्ने मान्यता छ । तिथिको घटबढका कारण यसवर्ष सायंकालमा कात्तिक कृष्ण ...
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीले आज सात दिनको म्याद थप गरेको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीले जनाएको छ । यसअघि लामिछानेलाई...
रवि र छविलाई अदालतमा उपस्थित गराइयो

रवि र छविलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको भन्दै पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो । गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको थियो । आइतबार अदालतमा उपस्थित गराएर उनलाई अनुसन्धानका लागि ६ दिनको...
रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । रास्वपा पार्टी मुख्यालय बनस्थलीबाट आज साँझ सीआईबीको टोलीले लामिछानेलाई नियन्त्रणमा लिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप उनीमाथि छ । सो विषयमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । ...
रविलाई पक्राउ गर्न प्रहरी परिचालन

रविलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित भएको छ । लामिछानेलाई नियन्त्रणमा लिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली परिचालित भएको हो ।  लामिछानेलाई पक्राउ गर्न अदालतले पनि अनुमति दिइसकेको छ । उनीमाथि सहकारी ठगीको आरोप छ । रवि लामिछाने पक्राउ 
शनिबारसम्म यस्तो रहने छ मौसम

शनिबारसम्म यस्तो रहने छ मौसम

विराटनगर । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मधेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको  र बाँकी स्थानमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली...
सिन्धुली बस दुर्घटना अपडेट : नौ जना घाइतेको उपचार हुँदै

सिन्धुली बस दुर्घटना अपडेट : नौ जना घाइतेको उपचार हुँदै

विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये एक जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । भोजपुरको हतुवागढी गाउँपालिका-१ का २६ वर्षीय बुद्धिमान तामाङको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल कुमार खडकाले संगालोखबरलाई जानकारी दिए । खोटाङ यातायात प्रालिको टिकट र बैङ्कको...
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माग

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माग

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवो नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत दिन तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माण गर्न कोषको निर्माण गर्न आवश्यक रहेको माओवादीले जनाएको छ ...
काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ । मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा केही समय अगाडि बस दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको काफ्लेले जानकारी दिए । उनले संगा...
काठमाडौंबाट विराटनगर आउँदै गरेको हायस दुर्घटना हुँदा १५ जना घाइते (नामावलीसहित)

काठमाडौंबाट विराटनगर आउँदै गरेको हायस दुर्घटना हुँदा १५ जना घाइते (नामावलीसहित)

विराटनगर । काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको हायस दुर्घटनामा परेको छ । आज बिहान सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीस्थित बीपी राजमार्गमा हायस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीका अनुसार बा ५ ख ६६१८ नम्बरको हायस अनियन्त्रित भएर नालीमा पल्टिएको हो । घाइतेहरूको सिन्धुली अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।...
आकाशमा आधा घण्टा घुमेर विराटनगर एयरपोर्टमा अवतरण भयो श्री एयरको जहाज 

आकाशमा आधा घण्टा घुमेर विराटनगर एयरपोर्टमा अवतरण भयो श्री एयरको जहाज 

विराटनगर । वर्षाका कारण अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको विमान आधा घण्टा होल्ड भएको छ । काठमाडौंबाट विराटनगर आएको जहाज आधा घण्टा आकाशमा होल्ड भएपछि सुरक्षित अवतरण भएको हो । विराटनगर विमानस्थलका अनुसार जहाजले आकाशमा ६ फन्को लगाएको थियो । विराटनगर विमानस्थलका प्रमुख सुभास झाका अनुसार वर्षा र हावाका कारण बन्द भएको विमानस्थल करिब बिहान साढे ८ बजेपछि खुलेको थियो ।
शनिबारसम्म यस्तो रहनेछ मौसम

शनिबारसम्म यस्तो रहनेछ मौसम

विराटनगर । आज दिउँसो कोसीसहित मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति पनि यी स्थानमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । भोली दिउँसो कोसी र मधेश प्रदेशलगायत देशका पह...
कोसीसहित देशका विभिन्न स्थानमा वर्षा,  एकदुई ठाउँमा भारी वर्षाको सम्भावना 

कोसीसहित देशका विभिन्न स्थानमा वर्षा, एकदुई ठाउँमा भारी वर्षाको सम्भावना 

विराटनगर । कोसीसहित मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको र बाँकी स्थानमा सामान्यतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा इलामको कन्याममा ६९ मिलिमिटर वर्षा मापन हुँदा पाँचथरको फिदिममा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै झापाको गौरादहमा ५० मिलिमिटर, मोरङको बाहुनीमा ६०.४ मिलिमिटर, मोरङको सुन्द...
सुरु भयो दशैं, आज घटस्थापना

सुरु भयो दशैं, आज घटस्थापना

विराटनगर । नेपालीहरूको महान चाड बडादशैं आजबाट सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १० दिन धुमधामका साथ मनाइने दशैंको पहिलो दिन आज घटस्थापना हो । घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदैछ । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पुजा कोठा अथवा दशैं घरमा चोखो स्थानबाट बालुवा वा माटो ल्याई...
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्टले कोशीका बाढी, पहिरो पीडितलाई सहयोग गर्ने 

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्टले कोशीका बाढी, पहिरो पीडितलाई सहयोग गर्ने 

विराटनगर । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा १५ हजार अमेरिकी डलर बराबरको राहत वितरण गर्ने भएको छ । आपतकालीन सहयोग अन्तरगत बाढी, पहिरो र डुबानमा परेकाहरूलाई तत्काल विभिन्न आवश्यक सामग्री वितरण गरिने जनाइएको छ । डिस्ट्रिक्ट ३२५ सीका गभर्नर विकास अधिकारीका अनुसार नेपालमा एक लाख डलर बढीको राहत सहयोग स्वीकृत भएको छ । जसमध्ये १५ हजार डलर बराबरको सहयोग कोशी प्रदेशमा गरिने ...
यस्तो छ आजको मौसम, हल्कादेखि मध्यम वर्षा हुने

यस्तो छ आजको मौसम, हल्कादेखि मध्यम वर्षा हुने

विराटनगर । आज बिहानैदेखि कोशी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको ...
बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो

बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो

विराटनगर । देशभर बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको सङ्ख्या एक सय ९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै देशभर ३१ जना बेपत्ता छन् । प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेको छ । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ...
बुधबारदेखि पुनः पानी पर्ने, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

बुधबारदेखि पुनः पानी पर्ने, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । पर्सि बुधबारदेखि पुनः वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका...
धादिङको झ्याप्ले खोलाको पहिरोबाट २७ जनाको शव निकालियो, उद्दार कार्य जारी 

धादिङको झ्याप्ले खोलाको पहिरोबाट २७ जनाको शव निकालियो, उद्दार कार्य जारी 

काठमाडौं । धादिङको धुनीबेँसी नगरपालिका-९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा २७ जनाको शव निकालिएको छ । हिजो राति १४ जनाको शव निकालिएको थियो भने आज १३ जनाको शव निकालिएको छ । योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । पहिरोमा बस र माइक्रो बस पुरिएको बताइएको छ । उक्त स्थानमा अहिले उद्दारको कार्य जारी रहेको छ ।
बाढी, पहिरो र डुबानमा परेर हालसम्म ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता

विराटनगर । भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु भएको छ । केहीबेर अगाडिसम्मको विवरण अनुसार ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता भएका छन् । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए । कोशी प्रदेशमा नौ, म...
कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की 

कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् । ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवर्द्धनका लागि...
एमाले विराटनगर महानगर सङ्गठन कमिटीको सपथ ग्रहण

एमाले विराटनगर महानगर सङ्गठन कमिटीको सपथ ग्रहण

विराटनगर । नेकपा एमाले विराटनगर महानगर सङ्गठन कमिटीका पदाधिकारीले सपथ लिएका छन् । आज विराटनगर स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कमिटीका पदाधिकारी तथा सदस्यहरूले सपथ लिएका हुन् । एमाले मोरङ जिल्ला सङ्गठन कमिटीको आयोजनामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले सपथ खुवाएका थिए । कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, कोशी प्रदेश कमिटी ...
आइतबारसम्म लगातार पानी पर्ने सम्भावना, कोशीका ११ जिल्ला उच्च जोखिममा

आइतबारसम्म लगातार पानी पर्ने सम्भावना, कोशीका ११ जिल्ला उच्च जोखिममा

विराटनगर । कोशी प्रदेशसहित देशका धेरै ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारसम्म लगातार पानी पर्ने सम्भावना छ । विभागले हिजो नै जारी गरेको मौसम बुलेटिनमा धेरै स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।  बुलेटिनमा कोशी प्रदेशका ११ जिल्ला उच्च जोखिममा रहेको उल्लेख छ । झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पा...
विराटनगर र सिमरा उडेका यती एयरलाइन्सका दुई विमान काठमाडौं फर्काइयो

विराटनगर र सिमरा उडेका यती एयरलाइन्सका दुई विमान काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट विराटनगर र सिमरा उडेका यती एयरलाइन्सका दुई विमान काठमाडौंमा नै अवतरण गरिएको छ । मौसम खराब भएपछि सिमरा पुगेको र विराटनगरका लागि उडेको जहाज बीच बाटोबाटै फर्काइएको हो । प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ गरिएको हो । अन्तराष्ट्रि...
नेपालले आज ओमानसँग खेल्दै

नेपालले आज ओमानसँग खेल्दै

विराटनगर । आईसीसी विश्वकप लिग-२ त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तरगत आज नेपालले ओमानसँग खेल्दैछ  । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको किङ्ग सिटीमा हुनेछ । नेपालले आज यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । आठ टोली सहभागि लिग-२ मा सबैभन्दा अगाडि क्यानडा छ । नेपालले त्रिदेशीय शृङ्खलामा लगातार हार ब्यहोरिरहेको छ । नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो । यस्तै दोस्...
यस्तो छ आजको मौसम, यी स्थानमा भारी वर्षाको सम्भावना 

यस्तो छ आजको मौसम, यी स्थानमा भारी वर्षाको सम्भावना 

विराटनगर । केही दिनदेखिको अचाक्ली गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला विराटनगरसहित कोशी प्रदेशका केही स्थानमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले हिजो साँझ विशेष बुलेटिन जारी गरेर आजदेखि पानी पर्ने क्रम सुरु हुने जनाएको थियो । यो क्रम भोलिबाट थप बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ । मनसुन सक्रिय भएपनि पानी पर्ने प्रणाली कमजोर भएका कारण केहिदिनदेखि देशभर गर्मी बढेको थियो । अहिले...
सरकारले बहिराको हकहितका लागि काम नगरेको गुनासो 

सरकारले बहिराको हकहितका लागि काम नगरेको गुनासो 

धनकुटा । सरकारले बहिरा (सुनाइसम्बन्धि अपाङ्गता) भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सेवा सुविधा तथा कुनै भरपर्दो कार्यक्रम नल्याएको सरोकारवालाले बताएका छन् ।  ७ औं साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवसका अवसरमा आज धनकुटामा बहिरा संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । सरकारले बहिरा व्यक्तिहरूका लागि सीपमुलक कार्यक्रम ल्याउनु पर्नेमा उनीहरूले जोड दिए । ‘सरकारले हाम्रा लागि ...
धनकुटामा अटो दुर्घटना, पाँच जना घाइते

धनकुटामा अटो दुर्घटना, पाँच जना घाइते

धनकुटा । धनकुटामा आज बिहान भएको अटो दुर्घटनामा पाँच जना घाइते भएका छन् । बेलहाराबाट धनकुटा बजारतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ ह ३५०० नम्बरको अटो अनियन्त्रित भएर बिहान ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहारा की ३६ वर्षीय रेश्मा तामाङ, ३० वर्षीय अन्जना तामाङ, ३१ वर्षीय दीपक तामाङ घाइते भएका छन् । यसैगरी सोही स्थानका २६ वर्षीय प्रविण नेपाली र दीपक तामाङको ११ वर्षीय छो...
विराटनगरको सिङ्घिया खोलामा पुरुषको शव भेटियो, पहिचान खुल्न बाँकी 

विराटनगरको सिङ्घिया खोलामा पुरुषको शव भेटियो, पहिचान खुल्न बाँकी 

विराटनगर । विराटनगर-१४ स्थित सिङ्घिया खोलामा शव भेटिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आज बिहान खोलामा तैरिएको अवस्थामा एक पुरुषको शव भेटिएको हो । ‘शव हेर्दा तीनचार दिन अगाडिको जस्तो छ । अहिलेसम्म पहिचान खुलेको छैन’, डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘मृत व्यक्ति विराटनगर-११ का हुन भन्ने कुरा आएको छ । अनुसन्धानपछि सबै कुरा खुल्छ ।’ बस्नेतले शव सडिसकेकाले के...
जलन फाउन्डेसनको अध्यक्षमा बालकृष्ण गैरे 

जलन फाउन्डेसनको अध्यक्षमा बालकृष्ण गैरे 

विराटनगर । नेपाल जलन फाउन्डेसनको दोश्रो राष्ट्रिय अधिवेशनबाट बालकृष्ण गैरे अध्यक्षमा चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा डाक्टर किरण किशोर नकर्मी, उपाध्यक्षमा नरदेवी वरिया, महासचिव साधुराम महर्जन, सचिवमा लक्ष्मी प्रधान नगरकोटी र कोषाध्यक्षमा रिना गौचन चयन भएका छन् । एक सय पाँच जनालाई फाउण्डेसनको आजीवन सदस्यता प्रदान नगरिएको छ । जलनको न्यूनीकरण गर्न जनचेतना, पीडित पक्षको उद्धार, प्राथमिक उपचार, ...
दुर्गा प्रसाईं अस्पताल भर्ना

दुर्गा प्रसाईं अस्पताल भर्ना

विराटनगर । दुर्गा प्रसाईँ अस्पताल भर्ना भएका छन् । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईँलाई हिजो राति नै अस्पताल भर्ना गरिएको हो । रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । पक्राउ परे लगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो । अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।
error: Content is protected !!