३२ औं प्रहरी महानिरीक्षकमा चन्द्र कुवेर खापुङ नियुक्त
काठमाडौं । ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै उनले भदौ १८ गतेदेखि नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी समाल्नेछन् । तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश...




























