आज बुद्ध जयन्ती

आज बुद्ध जयन्ती

विराटनगर । आज २५६९ औं जयन्ती, पूजा-आराधना एवम् प्रवचन गरी मनाइँदैछ ।  शान्तिका अग्रदूतका रूपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको जन्मजयन्ती हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप बुद्ध जयन्ती मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिम...
विराटनगरको एभरेष्ट स्कुलमा कविता लेखन कार्यशाला 

विराटनगरको एभरेष्ट स्कुलमा कविता लेखन कार्यशाला 

विराटनगर । विराटनगर-५ मा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयमा दुई दिने कविता लेखन तथा वाचन कार्यशाला भएको छ । बिहीबार र शुक्रबार सञ्चालन भएको कार्यशालामा साहित्यमा रुचि राख्ने कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सहभागि थिए । प्राध्यापक डा. देवी नेपालले सहजिकरण गरेको कार्यशालामा विद्यार्थीहरूलाई आफैँ कविता लेख्न र विभिन्न भाकामा वाचन गर्ने अभ्यास गराइएको छ । विभिन्न छन्द र लयमा कविता वाचन गर्ने क्षम...
आजबाट कक्षा १२ को परीक्षा सुरु

आजबाट कक्षा १२ को परीक्षा सुरु

विराटनगर । आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षामा पाँच लाख ११ हजार बढी परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । बिहान ८ बजेबाट परीक्षा सुरु भएको हो । आज पहिलो दिन नियमित विद्यार्थीको अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घड...
विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

विराटनगर । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल शिक्षक महासङ्घले धोका दिएको भन्दै समितिले आन्दोलन घोषणा गरेको हो । शुक्रबार पत्रकार सम्मेलनमार्फत परिषद्ले आन्दोलन परिचालन समिति गठन गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिले बैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने जनाएको छ । यस्तै...
नेपालमा लगानीको उपयुक्त वातावरण छ : प्रधानमन्त्री ओली

नेपालमा लगानीको उपयुक्त वातावरण छ : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको बताएका छन् । कोशी प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको लगानी सम्मेलनको उद्‌घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अझ कोशी प्रदेशमा जुनसुकै क्षेत्रमा लगानी गरेपनि हुने बताए । प्रधानमन्त्री ओलीले उद्योग र व्यवसाय सञ्चालन गर्नका लागि अनुकुल वातावरण कोशीमा रहेको उल्लेख गरे । प्रदेशमा  निजी क्...
रोजगारदाता र रोजगारी खोजकर्तालाई जोड्न श्रमसंसार एप सञ्चालन

रोजगारदाता र रोजगारी खोजकर्तालाई जोड्न श्रमसंसार एप सञ्चालन

विराटनगर । सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई सोझै जोड्ने गरी श्रमसंसार एप सञ्चालन ल्याएको छ । यसले राइड सेयरिङ एपले जस्तै रोजगारदाता र रोजगारी खोजकर्तालाई जोड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । अब काम पाइएन भन्ने र कामदार पाइएन भन्नेलाई यो एप समाधानको माध्यम हुने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ‘अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रवि...
आज एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस 

आज एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस 

विराटनगर । आज एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । हरेक वर्ष मे १ तारिख मनाइने श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदाता...
प्रहरीसँगको झडपमा ६३ जना शिक्षक-कर्मचारी घाइते

प्रहरीसँगको झडपमा ६३ जना शिक्षक-कर्मचारी घाइते

विराटनगर । काठमाडौंमा सडक केन्द्रित आन्दोलन गरिरहेका शिक्षक-कर्मचारी र प्रहरीबीच झडप हुँदा ६३ जना शिक्षक घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वरमा झडप भएको हो । घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिटल र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । शिक्षकहरूले निषेधित क्षेत्र त...
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, १५ जना घाइते

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, १५ जना घाइते

विराटनगर । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित गत चैत २० गतेबाट आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । आज नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपमा १५ जना शिक्षक घाइते भएका छन् । शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेपछि आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । भिड तितर...
आज मातातीर्थ औँसी 

आज मातातीर्थ औँसी 

विराटनगर । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमालाई सम्झने गर्छन् । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवम् प्...
नेपालमा ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने

नेपालमा ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । राष्ट्रिय सूचना आयोगले आज काठमाडौंमा आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक-पटक सूचना जारी गरे पनि नमानेको भन्दै अबको ७ दिनभित्र दर्ता नभए प्रतिबन्ध लगा...
आज १९ औं लोकतन्त्र दिवस

आज १९ औं लोकतन्त्र दिवस

विराटनगर । आज १९ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरूको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्काली...
कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै बैशाख ११ गतेदेखि नै परीक्षा सञ्चालन हुने जनाएको हो । परीक्षा स्थगित भएको भन्दै प्रचार गरिएपछि बोर्डले विज्ञप्ति जारी गर्दै सत्यता नभएको जनाएको हो । भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले उल्लेख गरेको छ । ‘यही २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुने ...
विराटनगरका शिक्षकहरू काठमाडौंको सडक केन्द्रित आन्दोलनमा 

विराटनगरका शिक्षकहरू काठमाडौंको सडक केन्द्रित आन्दोलनमा 

विराटनगर । यतिबेला देशैभरका शिक्षक-कर्मचारीहरू काठमाडौंमा सडक केन्द्रित आन्दोलनमा सरिक भएका छन् । चैत २० गतेबाट सुरु भएको आन्दोलन १६ औं दिनसम्म निरन्तर जारी छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु भएपनि शिक्षकहरू विद्यालय बन्द गरेर काठमाडौंको सडकमा शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा सक्रिय भएका छन् । जसका कारण माध्यमिक शिक्षा परीक्षा एसइईको उत्तरपुस्तिका परीक्षण समेत हुन सके...
इटहरीबाट भैरहवाका लागि छुटेको बस मकवानपुरमा दुर्घटना

इटहरीबाट भैरहवाका लागि छुटेको बस मकवानपुरमा दुर्घटना

विराटनगर । सुनसरीको इटहरीबाट भैरहवा जाँदै गरेको बस मकवानपुरमा दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । इटहरीबाट भैरहवा जाँदै गरेको  लु २ ख ५९९ नम्बरको बस आज बिहान करिब ४ः५० बजे मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित पूर्व-पश्चिम सडक खण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस सडकबाट अन्दाजी १० मिटर तल खसेको छ । घाइतेहरूको भरतपुर अस्पता...
शिक्षकहरूलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउनुपर्छ : सुनिल शर्मा 

शिक्षकहरूलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउनुपर्छ : सुनिल शर्मा 

विराटनगर । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित आन्दोलनरत शिक्षकहरूका माग तत्काल सम्बोधन गर्नुपर्ने प्रतिनिधिसभा सांसद डा. सुनिल शर्माले बताएका छन् । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक काठमाडौंमा सडक केन्द्रित आन्दोलन गरिरहेका छन् । नेपाली काँग्रेसका युवा नेता तथा सांसद शर्माले शिक्षकमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल विद्यालय फर्काउने वातावरण बनाउन सरका...
शिक्षक आन्दोलन थप चर्कियो, कक्षा १२ को परीक्षामा संलग्न नहुन महासङ्घको आग्रह

शिक्षक आन्दोलन थप चर्कियो, कक्षा १२ को परीक्षामा संलग्न नहुन महासङ्घको आग्रह

विराटनगर । गत चैत २० गतेबाट काठमाडौंमा सुरु भएको सडक केन्द्रित शिक्षक आन्दोलन थप चर्किएको छ  । नेपाल शिक्षक महासङ्घले विज्ञप्ति जारी गर्दै बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा संलग्न नहुन केन्द्राध्यक्ष, निरीक्षक लगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ । महासङ्घले सोमबार विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना...
शिक्षक आन्दोलनको १३ औं दिन : अझै पुरा भएनन् माग

शिक्षक आन्दोलनको १३ औं दिन : अझै पुरा भएनन् माग

विराटनगर । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै चैत २० गतेबाट काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको सङ्घर्ष सोमबार १३ औं दिनमा प्रवेश गरेको छ । तर पनि उनीहरूले उठाएका मागहरू अझैसम्म सम्बोधन भएका छैनन् । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच पटक-पटक वार्ता भएपनि कुनै ठोस निचोड निस्किन सकेको छैन । आन्दोलनका कारण एसइईको उत्तरपुस्तिका परीक्षण र बैशाख ११ गतेदेखि सुरु...
नयाँ वर्ष २०८२ शुरु

नयाँ वर्ष २०८२ शुरु

विराटनगर । आज विक्रम संवत २०८२ सालको शुभारम्भ भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन आज देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षाेल्लासका साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवत...
एक वर्षमा विपद्जन्य घटनाबाट सात सय ४५ जनाको मृत्यु

एक वर्षमा विपद्जन्य घटनाबाट सात सय ४५ जनाको मृत्यु

विराटनगर । एक वर्षको अवधिमा देशभर भएका ८ हजार ८ सय ६१ वटा विपद्जन्य घटनामा परेर ७ सय ४५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६९ जना बेपत्ता भएका छन् भने एक हजार ७ सय २ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोका कारण ३ सय ५१ जनाको ज्यानले ज्यान गुमाएका छन् । यस्तै बाढीबाट ९७, चट्याङबाट ७८ र आगलागीबाट ७७ जनाको मृत्यु भएको छ...
दुर्गा प्रसाईंलाई लगियो काठमाडौं

दुर्गा प्रसाईंलाई लगियो काठमाडौं

विराटनगर । दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनलाई बुद्ध एअरको विमानमार्फत काठमाडौं पठाइएको हो । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । उनी भारतको आसाम राज्यमा बिहीबार फेला परेका थिए । प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैँले आत्मसमर्पण गरेको दाबी गरेको थियो । प्रसाईं चैत १५ गते...
कोयोङ्वा थरको पहिलो वंशावली पुस्तक सार्वजनिक

कोयोङ्वा थरको पहिलो वंशावली पुस्तक सार्वजनिक

धरान । याक्खा समुदायभित्रको कोयोङ्वा थरको पहिलो वंशावली पुस्तक औपचारिक रूपमा सार्वजनिक गरिएको छ । धरानस्थित किरात याक्खा छुम्माको केन्द्रीय भवनमा आयोजित एक विशेष समारोहका बीच ‘कोयोङ्वा वंशावली’ पुस्तकको विमोचन गरिएको हो । कोयोङ्वा याक्खा समाज केन्द्रीय कार्य समितिको प्रकाशनमा तयार गरिएको उक्त पुस्तक समाजका अध्यक्ष कृष्णकुमार कोयोङ्वा, संस्थापक अध्यक्ष हेमराज कोयोङ्वा र किरात याक्खा छुम्माका केन...
शिक्षक महासङ्घद्वारा थप आन्दोलनको घोषणा, सोमबारदेखि शैक्षिक हड्ताल

शिक्षक महासङ्घद्वारा थप आन्दोलनको घोषणा, सोमबारदेखि शैक्षिक हड्ताल

विराटनगर । नेपाल शिक्षक महासङ्घले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको महासङ्घले सोमबारदेखि शैक्षिक हड्ताल गर्ने जनाएको हो । महासङ्घले आज विज्ञप्ति जारी गर्दै आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको जनाएको छ । महासंघले माघ २० गतेदेखि आन्दोलन गरिरहेको र चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन भइरहेको जनाएको छ । ‘गुणस्तरीय व...
आज रामनवमी पर्व मनाईँदै

आज रामनवमी पर्व मनाईँदै

विराटनगर । आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार रामनवमी पर्वको महत्व रामजस्तै मर्...
आज इस्लाम धर्मावलम्बीहरूको इद पर्व

आज इस्लाम धर्मावलम्बीहरूको इद पर्व

विराटनगर । आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र अर्थात ईद पर्व मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा यो पर्व मनाइन्छ । इदलाई प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने प्रचलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले...
सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

विराटनगर । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् ।
राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु

राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु

काठमाडौँ । काठमाडौंको तीनकुनेमा राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु भएको छ । दृष्य खिच्न घरमा चढेका बेला आन्दोलनकारीले आगो लगाउँदा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो । आन्दोलनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगो लगाएका थिए । सोही क्रममा पत्रकार रजक आगोमा जलेका हुन् । उनी घरको चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।
राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । राजावादीले शुक्रबार काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका कीर्तिपुर-४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल ल्याएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । मृत...
काठमाडौंको तीनकुने क्षेत्रमा कफ्‌र्यु 

काठमाडौंको तीनकुने क्षेत्रमा कफ्‌र्यु 

काठमाडौं । राजावादीको प्रदर्शन अराजक बनेपछि तीनकुने क्षेत्रमा कफ्‌र्यु लगाइएको छ । राजावादीहरूको प्रदर्शन अराजक र हिंसात्मक बन्दै गएपछि कफ्‌र्यु जारी गरिएको हो ।
आजको प्रदर्शनका घाइतेलाई केएमसीले निःशुल्क उपचार गरिदिने

आजको प्रदर्शनका घाइतेलाई केएमसीले निःशुल्क उपचार गरिदिने

विराटनगर । आजको प्रदर्शनमा घाइते भएकाहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी)ले निःशुल्क उपचार गरिदिने भएको छ । अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै निःशुल्क उपचार गरिदिने जनाएका हुन् । सामाजिक उत्तरदायित्व अन्तरगत घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ । तर, उपचार गर्दा लाग्ने औषधी र औषधीजन्य सामग्री सम्बन्धित व्यक्तिले नै प्रबन्ध गर्नुप...
राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिको सुनको सिक्री हराएपछि…

राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिको सुनको सिक्री हराएपछि…

विराटनगर । राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिले साढे दुई तोलाको सुनको सिक्री लुटिएको बताएका छन् । जुलुसतर्फ अघि बढ्दा आफूलाई पछाडिबाट थिच्दै घाँटीमा लगाइराखेको सिक्री लुटिएको उनले बताएका हुन् । उनले एक भिडियोमा भनेका पछाडिबाट घाँटीमा समाएर सिक्री लुटेको उल्लेख गरेका छन् । उनले आफूसँग अब रुनु बाहेकको विकल्प नभएको बताएका छन् । उनले तीन लाख मूल्य बढीको सिक्री लुटिएको जनाएका छन् । उनले बिलौना...
error: Content is protected !!