आज बुद्ध जयन्ती
विराटनगर । आज २५६९ औं जयन्ती, पूजा-आराधना एवम् प्रवचन गरी मनाइँदैछ । शान्तिका अग्रदूतका रूपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको जन्मजयन्ती हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप बुद्ध जयन्ती मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिम...































