देशभर रामनवमी पर्व मनाइँदै, आज सार्वजनिक बिदा
विराटनगर । चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा-आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म आजकै दिन भएको धार्मिक विश्वास छ ।
धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी पर्वले मर्यादित, अनुशासित र न्यायपूर्ण शासनको सन्देश दिन्छ । रामनवमीका दिन व्रत बस्ने, पवित्र नदी, ताल तथ...



























