
विराटनगर । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको घटना प्रति चीनले चासो देखाएको छ ।
चीनले दूतावासमार्फत चासो देखाएपछि गृहमन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।
सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।
घटनाबारे कलेजसँग लिखित जवाफ माग गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । जवाफ आएपछि घटनाको बारेमा जानकारी हुने उनको भनाइ छ ।

संगालोखबर 















