एजेन्सी । कोरोना त्रासका कारण मुलुकभर लगाइएको कर्फ्यु साउदी अरेबियाले आइतबारदेखि हटाउने निर्णय गरेको छ । अझै पनि धेरै प्रतिबन्धहरु कायम रहने गरी कर्फ्यु हटाईएको साउदी अरेबियाले बताइएको छ ।

Advertisement

साउदी अरेबियाका अनुसार आइतबारदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ ।

साउदी अरेबियाले अहिलेसम्म जुलाईमा शुरु हुने हजयात्राको विषयमा भने कुनै घोषणा गरेको छैन । यद्यपि मलेसिया र इण्डोनेशियाजस्ता धेरै मुलुकहरुले भने आफ्ना मानिसहरुलाई हजयात्रामा जान नदिने बताइसकेका छन् । हजयात्राको लागि वार्षिक २५ लाख श्रद्धालुहरु मक्का सहर जाने गर्छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोना भाइरसका एक लाख ५५ हजार संक्रमित फेला परिसकेका छन् भने एक हजार २३० जनाको मृत्यु भइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!