- संगालोखबर सम्वाददाता

काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । कैलालीका ४६ बर्षीय पुरुष र कैलालीकै ४३ बर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

सेती प्रादेशिक अस्पतालमा उपचाररत पुरुषमा जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बुधबार बेलुका उनको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत महिलाको मंगलबार मृत्यु भएको हो । स्वाब परीक्षण गर्दा बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या २२ पुगेको छ । हालसम्म ७ हजार ८ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!