उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १६ मध्ये १२ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । यता, चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई जनामा कोरो...
निको हुँदै कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा

निको हुँदै कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा

बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । “उनको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको छ, थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले ...
लकडाउनको चौथो साता यस्तो देखियो काठमाडौं (फोटो फिचर)

लकडाउनको चौथो साता यस्तो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं । विश्वभर महामारी फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मुलुकलाई लकडाउन गरेको तीन साता बितिसकेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई सरकारले पटक–पटक म्याद थप गर्दै बैशाख १५ गतेसम्मका लागि लागु गरेको छ । लामो समयको लकडाउनले मुलुकभरको जनजीवन प्रभावित छ । लकडाउनका कारण मुलुकको राजधानी प्रभावित नहुने कुरै भएन । तीन साताको लकडाउन पार गर्दा कस्तो देखिएको छ काठमाण्डौ ? हेर्...
दैलेखमा नाक र मुख नछुट्टिएको बच्चा जन्मियो

दैलेखमा नाक र मुख नछुट्टिएको बच्चा जन्मियो

दैलेख । जिल्लाको आठबीस नगरपालिका-७ तीलेपाटामा एक अनौठो बच्चाको जन्म भएको छ। स्थानीय तीलेपाटा स्वास्थ्य चौकीमा उक्त बच्चाको जन्म भएको हो । बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको छैन् । नाक र मुखको बीच भागमा प्वाल मात्रै छ । बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन् । शरीर र खुट्टा समेत लुलो रहेको स्वास्थ्य चौकीमा कार्यरत अनमी रेश्मा विश्वकर्माले बताइन् । 'बच्चा गर्भमा रहँदा स्वास्थ्य चौकीमा जाँच ग...
नगरबासीको दुई महिनाको विद्युत् महसुल नगरपालिकाले तिर्ने

नगरबासीको दुई महिनाको विद्युत् महसुल नगरपालिकाले तिर्ने

लहान । सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको हो । यस्तै बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नियमित रुपमा काम गर्नका ला...
लकडाउन १२ दिन थप्ने सरकारको निर्णय

लकडाउन १२ दिन थप्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले लकडाउन १२ दिन थप्ने निर्णय गरेको छ । केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद बैठकले लकडाउनको समय अवधि बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेबाट मुलुकभर लकडाउन गरेको हो । यसअघि दोस्रो पटक थपिएको लकडाउनको म्याद बुधबार (भोलि) सकिदैछ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सरकारले लकडाउ...
काठमाडौंका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको अन्तिम रिपोर्ट आउँन वाँकी छ । र्यापिड डाइगोस्नोटिक टेस्टमा कोरोना पोजेटिभ देखिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । त्यसपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्राल...
भारतमा तीन साताका लागि लकडाउन थपियो

भारतमा तीन साताका लागि लकडाउन थपियो

काठमाडौं । भारतले थप तीन साता लकडाउन लम्ब्याएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको लकडाउन लम्ब्याएर वैशाख २१ गतेसम्म पुर्याइने भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार टिलिभिजन संबोधनका क्रममा तीन साता लकडाउन लम्व्याउँने घोषणा गरेका हुन् । भारतमा यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार (भोलीे) सकिँदैछ । संबोधनका क्रममा प्रधानमन्त्री मोदीले सामाजिक दुरी र लकडाउनले को...
सिरहामा लकडाउन उलंघन, स्थानीयबासी र प्रहरीबीच झडप हुँदा २३ राउण्ड हवाई फायर

सिरहामा लकडाउन उलंघन, स्थानीयबासी र प्रहरीबीच झडप हुँदा २३ राउण्ड हवाई फायर

सिरहा । सिरहामा स्थानीयबासीले लकडाउन उलंघन गर्दा प्रहरी र स्थानीयबासीवीच झडप भएको छ । सिरहा नगरपालिका–१७ स्थित पछेर्वामा प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपमा क्रममा प्रहरीले २३ राउण्ड हवाई फायर गरेको सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । लकडाउन उल्लंघन गरेको सूचना पाएपछि पुगेको प्रहरी टोली र स्थानीयबीच विवाद बढ्दै गएर झडपको स्थिति सृजना भएको हो । अहिले पनि सो स्थानमा तनाव कायमै ...
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

काठमाडौँ । रौतहटका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो । यी दुई केश थपिएसँगै संक्रमितको संख्या १४ पुगेको छ । हिजो आइतबार मात्रै पर्साको वीरगंज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस...
वीरगञ्जमा रहेका तीन भारतीयमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

वीरगञ्जमा रहेका तीन भारतीयमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाण्डौं । वीरगञ्जमा रहेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आज दिउँसो आफ्नो आधिकारीक फेसबुक पेज मार्फत उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेको हो । यसअघि बिभिन्न माध्यममा कोरोना भेटिएको खबर बाहिरिएको भएपनि मन्त्रालयले आधिकारीक रुपमा पुष्टि गरेको थिएन । मन्त्रालयले तीन नयाँ व्यक्तिमा कोर...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या लाख नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार विश्वभर कोरोनाका कारण १ लाख २ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा १८ हजार ६ सय ३७ जनाको कोरोनाका कारण ज्यान गएको छ भने स्पेनमा पनि १६ हजार ८१ जनाले...
प्रेस काउन्सिलको सुझाव : सरकारी निर्णयको विश्वसनीयतामाथि प्रश्न उठ्यो, सुधार्नु पर्छ

प्रेस काउन्सिलको सुझाव : सरकारी निर्णयको विश्वसनीयतामाथि प्रश्न उठ्यो, सुधार्नु पर्छ

काठमाडौं । सरकारी निर्णयको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै प्रेस काउन्सिल नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । गल्तिहरुलाई आगामी दिनमा गंम्भीरताका साथ सतर्कता अपनाउँन पनि काउन्सिलले सुझाव दिएको छ । चैत २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत ‘भोलि र पर्सि उपत्यका बाहिर जान पाउने’ व्यहोराको सूचना सम्प्रेषण भएको थियो । सो सूचनाले भ्रम र अन्यौल सिर्जना गरेक...
भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने

भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् । भौतिक पूर्वाधार तथा याताय...
लकडाउन ८ दिन थप्ने सरकारको निर्णय

लकडाउन ८ दिन थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले ८ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन अवधि थप गरेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउँने निर्णय गरेको हो । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्तो निर्णय लिएको हो । यसअघि चैत ११ गतेदेखि एक हप्ता लकडाउन गरियो । त्यसपश्चात सरकारले पुनः चैत १८ गते देखि मंगलबार (भोली) सम्मका लागि लकडाउन थपेको थियो ।
दुबईमा दुई साता लकडाउन घोषणा

दुबईमा दुई साता लकडाउन घोषणा

काठमाण्डौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि युएईको दुबईमा पनि दुई साता लकडाउन घोषणा गरिएको छ । दैनिक संक्रमण दर उच्च हुँदै गएपछि दुबईको संकट र प्रकोप व्यवस्थापन सर्वोच्च समितिले शनिबार बेलुकी ८ बजे देखि लागू हुनेगरी दुई साता लकडाउन घोषणा गरेको हो । कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्मलीकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं कि...
नेपालमा थप तीन जनामा कोरोना संक्रमण, स्वदेशमै रहेकामा पनि पहिलो पटक भेटियो कोरोना

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, स्वदेशमै रहेकामा पनि पहिलो पटक भेटियो कोरोना

बिराटनगर । नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वदेशमै रहेकामा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । मन्त्रालयले आज दिउँसो आधिकारीक फेसवुक पेज मार्फत थप तीन जना व्यक्तिमा कोरोना देखिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ बर्षीया...
पोखरामा कोरोना परीक्षण पोजेटिभ देखियो, पुनः परीक्षणका लागि टेकु पठाइयो

पोखरामा कोरोना परीक्षण पोजेटिभ देखियो, पुनः परीक्षणका लागि टेकु पठाइयो

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । र, उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । पोखरामा हालै मात्र ल्याब स्थापना भएको थियो । र, भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले भने, ‘पहिलो रिपो...
नेपालमा छैटौं कोरोना संक्रमित फेला

नेपालमा छैटौं कोरोना संक्रमित फेला

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीबार प्रेस ब्रिफिङमा अर्का व्यक्तिमा पनि कोरोना (कोभिड(१९) पोजेटिभ भेटिएको जानकारी दिएका हुन् । योसँगै अव नेपालमा कोरोना संक्रमितको संख्या छ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजमार्फत नेपाल आएका हुन् । तर, उनी कहाँको र महिला वा पुरुष के हुन् भन्...
प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँका दरले घटाइएको हो । ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ । काठमाडौंको लाग...
पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपालीमा कोरोना भाइरसको संक्रमण

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपालीमा कोरोना भाइरसको संक्रमण

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।  उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्...
आज विश्व मूर्ख दिवश

आज विश्व मूर्ख दिवश

धनकुटा । आज विश्व मूर्ख दिवश । इस्वी संवतअनुसार अप्रिल १ तारिखका दिन यो दिवश मनाइदै आएको छ । नेपालमा पनि ‘अप्रिल फूल’ अर्थात ‘ढाट्ने दिन’ का नामले यो दिवश मनाउँने प्रचलन छ । मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर यो दिवश मनाउँने गर्छन् । कसैलाई अचम्म लाग्दो वा गलत सन्देश सुनाएर अरुलाई ढाट्ने चलन छ । आफ्ना घरपरिवार, छिमेकी एवं साथीसंगीहरुसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुना...
कोरोनाका कारण कंगोका पूर्व राष्ट्रपतिको मृत्यु

कोरोनाका कारण कंगोका पूर्व राष्ट्रपतिको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण गणतन्त्र कंगोका पूर्व राष्ट्रपति ज्याक्स जोकिम योम्बीको मृत्यु भएको छ । ८१ बर्षीय पूर्व राष्ट्रपति योम्बीको पेरिस अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको अल जजिराले जनाएको छ । कंगोको डेमोक्रेसी एण्ड डेभलपमेन्ट पार्टीका संस्थापकसमेत रहेका उनले सन् १९७७ देखि १९७९ सम्म कंगोको शासन सत्ता सम्हालेका थिए । पूर्व राष्ट्रपति ज्याक्सका छोरालाई उद्धृत गर्दै एपीएफले जनाए...
कोरोनाका कारण स्पेनकी राजकुमारीको मृत्यु

कोरोनाका कारण स्पेनकी राजकुमारीको मृत्यु

मड्रिड । कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको  निधन भएको छ। ८६ वर्षीया राजकुमारी टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ। कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्। यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ८...
नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । बेल्जियमबाट आएकी बागलुङकी २२ बर्षीया युवतीमा शनिवार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देवकोटाले जानकारी दिए । संक्रमित किशोरी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा चैत १० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार संक...
धनगढीमा कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या चार पुग्यो

धनगढीमा कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या चार पुग्यो

काठमाडौं । धनगढीमा पनि कोरोना संक्रमित बिरामी भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित बिरामीको संख्या चार पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज साँझ आकस्मिक ब्रिफिङ गर्दै कोरोना संक्रमित चौथो व्यक्ति फेला परेको जानकारी दिएको हो । संक्रमित बिरामीको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । दुबईबाट आएका ४३ बर्षीय ती व्यक्ती चैत ११ ...
जतिको रिचार्ज गर्यो उतिनै बोनस पाइने

जतिको रिचार्ज गर्यो उतिनै बोनस पाइने

काठमाडौँ । कोरोना भाइरसका कारण गरिएको लकडाउनलाई लक्षित गरी नेपाल टेलिकमले रिचार्जमा सत प्रतिशत बोनस दिने योजना ल्याएको छ । टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि बोनस योजना लागू हुने जनाएको छ । कोरोना भाइरसको संक्रमणका कारण उपभोक्ताहरु घरमा बसेको भन्दै दूरसञ्चार प्राधिकरणले मंगलबार टेलिकम कम्पनीलाई यस्तो अफर ल्याउन निर्देशन दिएको थियो । सोहि निर्देशनलाई पालना गर्दै टेलिकमले उपभोक्ताला...
नेपालमा कोरोना संक्रमित अर्का व्यक्ति भेटिए : संक्रमितको संख्या तीन पुग्यो

नेपालमा कोरोना संक्रमित अर्का व्यक्ति भेटिए : संक्रमितको संख्या तीन पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित अर्का व्यक्ति फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बुधबार अर्का व्यक्तिमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा कोरोना पोजेटिभ देखिएको हो । बिरामीको थप जानकारी गोप्य राखिएको छ । योसँगै कोरोना संक्रमित बिरामीको संख्या तीन पुगेको छ । नेपालमा अहिलेसम्म...
भरतपुरको कोरोना अस्पतालमा मृत्यु भएका यादवको रिपोर्ट ‘नेगेटिभ’

भरतपुरको कोरोना अस्पतालमा मृत्यु भएका यादवको रिपोर्ट ‘नेगेटिभ’

चितवन । भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएका वीरगंजका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनको स्वाब रिपोर्ट ‘नेगेटिभ’ आएको जनाएको छ । वीरगञ्ज–२२ जनन्नाथपुरका ३० बर्षीय यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजले कोभिड १९ को आशंकामा कोरोना बिषेश अस्पताल पठाएको थियो । श्वासप्रश्वासम...
भरतपुरको कोरोना अस्पतालमा आइसोलेसनमा राखिएका एक जनाको मृत्यु

भरतपुरको कोरोना अस्पतालमा आइसोलेसनमा राखिएका एक जनाको मृत्यु

भरतपुर । चितवनको भरतपुर स्थित कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान एक युवाको मृत्यु भएको छ । कोरोनाको आशंका गरी चितवन मेडिकल कलेजबाट भरतपुर कोरोना अस्पताल पठाईएका वीरगञ्जका ३० वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी उच्च ज्वरो र रुघाखोकीले ग्रसित थिए । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । उनलाई कोरोना भएको आशं...
मंगलबारबाट नेपाल लकडाउन : घर बाहिर निस्कन नपाइने

मंगलबारबाट नेपाल लकडाउन : घर बाहिर निस्कन नपाइने

काठमाडौ । सरकारले मंगलबारबाट मुलुकलाई लकडाउन गरेर सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म स...
error: Content is protected !!