सांकेतिक तस्वीर

सर्लाही । हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन्। नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव सो अभियोगमा पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ उनीहरुलाई चार हजार रूपैयाँसहित  पक्राउ गरेको जनाइएको छ।  सेवाग्राहीलाई भुक्तानी दिँदा अभियुक्तले कमिसन मागेको आयोगले आरोप लगाएको छ।

Advertisement

उनीहरुलाई  मुचुल्का संकलन गरी नगरपालिका कार्यालयबाट आयोगको कार्यालय बर्दिवास लगिएको कार्यालयले जनाएको छ। आवश्यक कारवाहीका लागि आयोगको केन्द्रीय कार्यालय टङ्गाल बुधबार पठाइने बताइएको छ। -रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!