- संगालोखबर सम्वाददाता

गुल्मी । गुड्दै गरेको जीपमाथि पहिरो खस्दा चालकसहित दुई जनाको मृत्यु भएको छ । चार जना घाईते भएका छन् । अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट–३ हाडहाडेतर्फ जाँदै गरेको ग.१ ज.३९९७ नम्बरको जीपमाथि पहिरो खसेको हो ।

पहिरोले जीपलाई थिच्दा धुर्कोट गाउँपालिका–३ का जीप चालक प्रदीप पुन र धुर्कोट–३ का तुल्सीराम काउछाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार अपरान्ह भएको घटनामा परी जीपमा सवार काउछाको घटनास्थलमै मृत्यु भएको हो भने चालक पुनको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

गंभीर घाईते भएर उपचारका लागि सन्धिखर्क अस्पताल पुर्याईएका चालक पुनको उपचारका क्रममा राती मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । दुर्घटनामा घाईते भएकाहरुको उपचार भईरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!