- संगालोखबर सम्वाददाता


काठमाडौं । शुक्रबार थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ महिला र ३ सय ३८ पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मोरङका ३ जना, झापाका १ जना र उदयपुरका २ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारसम्म नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

हालसम्म १ हजार ४ सय २ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण नेपालमा २२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!