काठमाडौं । सोमबार थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ७४ महिला र ४६१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मोरङमा १२ जना र झापामा ३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । जसमध्ये २ हजार १ सय ४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।
हालसम्म रसुवा बाहेक नेपालका ७६ जिल्लामा संक्रमण फैलिएको छ ।