बालविवाहमा संलग्न बेहुला पक्राउ
कलैया । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ ।
साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साबिक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १२ वर्षीया बालिकासँग निजकै घरमा शुक्रबार राति १० बजे विवाहको तयारी भइरहेको जानकारी...
