गुल्मी । स्थानीय तहको चुनावमा उम्मेदवार बन्नको लागि यहाँका शिक्षकशिक्षिकाहरुले धमाधम राजीनामा दिन थालेका छन् ।

दोस्रो चरणमा हुने चुनावका लागि उम्मेदवार बन्नका लागि यहाँका २० जना शिक्षकहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिने शिक्षकहरु मध्ये १५ जना प्राथमिक तहका शिक्षकशिक्षिकाहरुले रहेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । यस्तै निमावि तर्फका ५ जना शिक्षकले राजीनामा दिएका छन् ।

प्रथम श्रेणीका एक जना, द्धितीय श्रेणीका १३ जना र तृतीय श्रेणीका एक जना शिक्षकले राजीजनामा दिएको विद्यायल निरीक्षक टुवलाल सापकोटाले जानकारी दिए । राजीनामा दिएका शिक्षकशिक्षिकाहरुको यो तथ्याङक चैत महिना यताको मात्रै हो ।

केही शिक्षकहरुले राजीनामा पत्र बुझाउँदै काम गर्न नसक्ने र स्वास्थ्यकको कारण देखाएकोविद्यालय निरीक्षक सापकोटाले बताए ।

राजीनामा बुझाएका शिक्षकहरुको पेन्सन अबधी पूरा गरेको भए पनि उमेर हद भने बाँकी रहेकाले काम गर्ने अबधी रहेको थियो ।

राजीनामा दिएका शिक्षकशिक्षिकाहरुमध्ये एक जनाले गाउँपालिकाको उपाध्यक्ष र ८ जनाले विभिन्न पार्टीबाट वडा अध्यक्षको उम्मेदवारको टिकट पाएका छन् ।

प्राध्यापक र शिक्षिका बने गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार

यसैबीच, लामो समय सम्म रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यापन गरिरहेका प्राध्यापक अनन्तराम पौडेल छत्रकोट गाउँपालिकोको अध्यक्षका उम्मेदवार बनेका छन् ।

१८ वर्षे प्राध्यापन पेसा छोडेर उनी नेपाली काँग्रेसका तर्फबाट छत्रकोट गाउँपालिको अध्यक्षको उम्मेदवबार बनेका हुन् ।

२०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित भएका पौडेल हालको गाउँपालिका प्रमुखमा उम्मेदवार छन् ।

‘समाज परिवर्तन र समाजसेवा मेरो मुख्य लक्ष्य हो’ उनले भने, ‘त्यसका लागि मैले बेरोजगारिको अन्त्य तथा विकास निर्माणका कामलाई पनि प्राथमिकता दिन्छु ।’

जनपि्रय प्राथमिक विद्यालय बलेटक्सारकी शिक्षिका लक्ष्मीदेवी पन्थ पनि उपाध्यक्षको उम्मेदवार बनेकी छन् । पन्थी एमालेका तर्फबाट रुरु गाउँ गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी हुन् ।

लामो समय शिक्षिका भएर काम गरेकी उनले अब समाजसेवा गर्ने भन्दै उपाध्यक्षको उम्मेदवार बनेको बताइन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!