काठमाडौ । वरिष्ठ पर्यटन व्यवसायी बिके श्रेष्ठको ६४ वर्षका उमेरमा आज निधन भएको छ ।

Advertisement

अर्बुद रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको आज बिहान आफ्नै निवासमा निधन भएको होटेल सङ्घ नेपालका महासचिव विनायक शाहले जानकारी दिनुभयो । ¥याडिसन होटलका सञ्चालक एवम् हानका पूर्वअध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा ४० वर्षभन्दा बढी योगदान गर्नुभएको छ ।

हिमालयन ट्राभल एन्ड टुरका संस्थापक श्रेष्ठले खासगरी तारे होटलको व्यावसायिकीकरण गरी पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँ सन् २०१४ देखि २०१६ सम्म हानको अध्यक्ष हुनुहुन्थ्यो । श्रेष्ठका श्रीमती र तीन छोरी हुनुहुन्छ । ¥याडिसन होटलमा श्रद्धाञ्जलिका लागि उहाँको शव राखिएको छ । अपराह्न उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!