रसुवा। गत जेठ १२ गते भीरबाट लडेर मृतावस्थामा फेला परेका एकजनाको एउटा शव पहिचान हुन सकेको छैन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको ग्रे इलाकामा फेला परेको शव कस्को हो पहिचान हुन नसकेको र बेवारिसे शव रसुवा जिल्ला अस्पतालमा राखिएको छ ।

करिब ३०–३५ वर्षीय ती पुरुष ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुनसक्ने सबैले अड्कलबाजी गरे पनि पहिचान हुन नसक्दा समस्या परेको बताइएको छ ।

रसुवामा जेठ १२ गतेका दिन दुई व्यक्ति निधन भएकामा अर्का एकजनाको गोसाइँकुण्डमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!