बुटवल । मणिमुकुन्द सेन उद्यानमा मणिमुकुन्द सेनको पूर्ण कदको घोड सवार सालिक निर्माण गरिएको छ ।

Advertisement

रु तीन लाख ९१ हजारको लागतमा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले सो सालिक निर्माण गरेको हो । कलात्मक ढङ्गले निर्माण गरिएको सालिकको आज समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलले अनावरण गर्दै सालिकको निर्माणले फूलबारीको आकर्षणमा नयाँ आयाम थपेको बताउनुभयो ।

विसं २०३६ मा स्थापित फूलबारी २०५४ सालदेखि मणिमुकुन्द सेन उद्यानका नाममा सञ्चालित छ । मणिमुकुन्द १५ औं शताब्दीका पाल्पाका सेनवंशीय राजा हुन् । सेन राजाले निर्माण गरेको शीतकालीन दरबारको अवशेष फूलबारीमा अहिले पनि छ ।

अङ्ग्रेजसँग युद्ध भएको स्थान जितगढी किल्लाबाट मणिमुकुन्द दरबारसम्म दुई सय मिको सुरुङ मार्ग रहेको अनुमान गरिएको छ । हाल १५ बिघा क्षेत्रफलमा रहेको फूलबारीलाई २५ बिघा क्षेत्रमा विस्तार गर्दै पूर्वाधार निर्माणको काम भइरहेको समितिले जनाएको छ । फूलबारीमा दैनिक सयौंँ आन्तरिक तथा बाह्य पर्यटक घुुमफिरका लागि पुग्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!