भोली हुँने पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको व्यग्र प्रतीक्षा

भोली हुँने पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको व्यग्र प्रतीक्षा

काठमाडौँ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ । झन्डै दुई दशकपछि यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा मतदान गर्न मतदाता व्यग्र प्रतीक्षामा छन् । सो निर्वाचनअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख तथा दुवै तहका वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महि...
मतदाता परिचयपत्र नभए अन्य सरकारी परिचयपत्रले पनि मतदान गर्न पाइने

मतदाता परिचयपत्र नभए अन्य सरकारी परिचयपत्रले पनि मतदान गर्न पाइने

काठमाडौँ। निर्वाचन आयोगको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ । आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रम...
नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका बन्द

नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका बन्द

नवलपरासी। स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको त्रिवेणी नाका आज बिहान ७ बजेबाट सिल (बन्द) गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो । दुई देशका सुरक्षा निकायका प्रमुखको भारतका विहारमा भएको दुई पक्षीय सुरक्षा निकायको बैठकपछि सो सहमति भए...
काँग्रेस कार्यालयमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय

काँग्रेस कार्यालयमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय

चितवन। भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्र्पक कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान निस्क्रिय(डिस्पोज) गरेको छ । भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शङ्कास्पत वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम निस्क्रिय गर्नुअघि सो क्षेत्रको सुरक्षाका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । ...
मतदान केन्द्र तोकिएको स्थानमा बम विस्फोट

मतदान केन्द्र तोकिएको स्थानमा बम विस्फोट

पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ । केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो । निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट...
रात्रिबस दुर्घटना हुँदा चालकको मृत्यु, आठजना घाइते

रात्रिबस दुर्घटना हुँदा चालकको मृत्यु, आठजना घाइते

दमौली। तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षीय रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक काफ्लेलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका ...
उम्मेदवारका घरमा बम भेटिने क्रम बढ्दै, सुरक्षा चुनौती थपिँदै

उम्मेदवारका घरमा बम भेटिने क्रम बढ्दै, सुरक्षा चुनौती थपिँदै

नवलपरासी । नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशिलताप्रति ध्यान दिन यहाँका सुुरक्षा निकाय थप चनाखो हुनुपर्ने आवश्यकता देखिएको हो । नवलपरासीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न उम्मेदवारलाई लक...
भक्तपुरमा सिलिन्डर बम विस्फोट, दुईवटा घरमा क्षति

भक्तपुरमा सिलिन्डर बम विस्फोट, दुईवटा घरमा क्षति

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ । दुवाकोटको काठमाडाँै मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको खत्रीले जानकारी दिनुभएको छ । बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्...
फेसवुकबाट लभ परेको ‘ईन्जिनियर’ सँग बिहे गर्दा १० पास गरेको बिबाहित र बच्चाको बाउ परेपछि…

फेसवुकबाट लभ परेको ‘ईन्जिनियर’ सँग बिहे गर्दा १० पास गरेको बिबाहित र बच्चाको बाउ परेपछि…

काठमाडौं । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले । मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई ...
पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालकको सकुशल उद्धार

पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालकको सकुशल उद्धार

गोरखा। गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकस्थित धनसिरा गाउँ जाने सडक खन्ने क्रममा पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालक धादिङ स्याबुङ–६ का ३६ वर्षीय तेन्जिङ तामाङको सकुशल उद्धार गरिएको छ । बिहीबार अपराह्न सडक खन्ने क्रममा अकस्मात पहिरो खसेपछि स्काभेटरसहित चालक तामाङ पहिरोमा पुरिएका थिए । धनसिरा माध्यमिक विद्यालय मतदानस्थलमा खटिएका मतदान अधिकृत उज्ज्वल गिरी, प्रहरी निरीक्षक नेत्रप्रसाद भट्...
रातिबाटै सुरु भयो मौन अवधि, अव के गर्न पाइन्छ, के पाइँदैन ?

रातिबाटै सुरु भयो मौन अवधि, अव के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचारप्रसारसहित ६ किसिमका रोक लगाएको छ । मौन अवधिमा साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न पाइँदैन । बाजा बजाउन, नाचगान गर्न, ...
चितवन पुगेर ओलीले भने- सरकारले चुनावमा धाँधली गर्दैछ, सचेत रहनुहोस्

चितवन पुगेर ओलीले भने- सरकारले चुनावमा धाँधली गर्दैछ, सचेत रहनुहोस्

रत्ननगर (चितवन) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने बताउनुभएको छ । एमाले भरतपुर महानगर कमिटीको आयोजनामा आज नारायणगढमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले राष्ट्रिय एकताका पक्षमा र राष्ट्रिय पहरेदारका रुपमा रहेको उहाँले प्रस्ट गर्नुभयो । चुनावमा सरकार धाँधली गर्न उद्दत रहेको आरोप लगाउँदै उहाँले प्रजातान्त्रिक मूल्यमान्...
सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३५ घाइते

सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३५ घाइते

चौतारा। काठमाडौँबाट दोलखातर्फ गइरहेको बा३ख ५०५६ नंको यात्रु बस आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् । दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको जिप्रका, सिन्धुपाल्चोकले जानकारी दिएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत खाडीचौरको तीनकिलो भन्ने स्थानमा अप...
आगलागीमा जलेर महिलाको मृत्यु

आगलागीमा जलेर महिलाको मृत्यु

बर्दिया। बर्दियाको गुलरियामा आज दिउँसो भएको आगलागीमा परी एक महिलाको जलेर मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं १० रत्नापुर गाउँको राजेन्द्र मल्लाहको घरमा भएको आगलागीमा परी उनकी अन्दाजी २० वर्षीय बुहारी पुनम मल्लाहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । घरका परिवार खेतमा काम गर्न गएका र पुनम एक्लै घरमा भएका बेला आगलागी भएक...
राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

वैशाख । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । “कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ”, प्रनाउ राईले भन्नुभय...
निर्वाचनमा धेरैले मतदान गर्न नपाउँने, को–को बन्दैछन् मतदानबाट बञ्चित ?

निर्वाचनमा धेरैले मतदान गर्न नपाउँने, को–को बन्दैछन् मतदानबाट बञ्चित ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बञ्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद सुवेदीले बताए । स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । तर, निर्वाचनमा खटिने सुरक...
आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै: चुनावको अन्तिम प्रचारमा शीर्ष नेता कहाँ ?

आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै: चुनावको अन्तिम प्रचारमा शीर्ष नेता कहाँ ?

काठमाडौं । बिहीबार राति १२ बजेबाट चुनाव प्रचार बन्द (मौन अवधि) सुरु हुँदैछ । प्रचारका लागि बिहीबार मात्रै भएकाले शीर्ष नेता अन्तिम प्रचारमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बि...
नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ

नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ

दाङ। दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले  तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेकामध्ये तीनजना बालक छन् । तुलसीपुर उपमहानगरपालिका–५ पुरानो बसपार्क निवासी १७ वर्षीय शङ्कर विक, वडा नं ६ बरुवा गाउँ निवासी १४ वर्षीय अजय नेपाली, बरुवा गाउँकै १५ वर्षीय सुरज नेपाली, वडा नं ५ त्रिश...
पाँच करोड अवैध विदेशी मुद्रासहित चिनिया नागरिक पक्राउ

पाँच करोड अवैध विदेशी मुद्रासहित चिनिया नागरिक पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले आज पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौँबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । ...
देउवा र ओलीबीच भेटवार्ता, के भयो कुरा ?

देउवा र ओलीबीच भेटवार्ता, के भयो कुरा ?

भक्तपुर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजी सचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताउनुभयो । करिब एक घन्टा भएको भेटमा काँग्रेस सभापति देउवा...
माओवादी र एमाले कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, आधा दर्जन घाइते

माओवादी र एमाले कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, आधा दर्जन घाइते

दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् । यसैगरी, झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्य...
अपडेट: त्रिशूलीमा ट्रक खस्दा घाइते भएकाको उपचारका क्रममा मृत्यु

अपडेट: त्रिशूलीमा ट्रक खस्दा घाइते भएकाको उपचारका क्रममा मृत्यु

चितवन। पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा हेटाँैडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज श्रेष्ठ रहेका छन् । सोही ठाउँ घर भएका घाइते २१ वर्षीय सोनाम लामाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहर...
कन्टेनर दुर्घटना हुँदा सात घाइते

कन्टेनर दुर्घटना हुँदा सात घाइते

नुवाकोट । रसुवाबाट काठमाडौँ जाँदै गरेको कन्टेनर आज साँझ नुवाकोटको गेर्खुटारमा दुर्घटनाग्रस्त भएको छ । केरुङबाट तयारी पोसाक बोकेर काठमाडौँ जाँदै गरेको ना ६ ख ३३२८ नं को उक्त कन्टेनर दुर्घटना हुँदा सातजना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका कन्टेनर चालक नुवाकोट ककनी गाउँपालिका–६ जुरेथुमका बालकृष्ण लामा र बझाङका सिंहलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक जितेन्द्र बस्ने...
‘गुण्डा नाइके’ चक्रे मिलन पक्राउ

‘गुण्डा नाइके’ चक्रे मिलन पक्राउ

काठमाडौँ । प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन)लाई राजधानीबाट आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई आज महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एव्म प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । उहाँले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताउनुभयो । यही वैशाख ३१ गतेका लाग...
महोत्तरीमा भीषण वर्षाले सवै सडक अवरुद्ध

महोत्तरीमा भीषण वर्षाले सवै सडक अवरुद्ध

गौशाला । आज बिहानैदेखि अविरल रुपमा परेको भीषण वर्षाले महोत्तरीको मुख्य जलेश्वर– जनकपुर बाटोसहित जिल्लाका प्रायः सबै बाटो अवरुद्ध भएको छ । बिहान ४ बजेदेखि नै परेको वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत बाटो अवरुद्ध भएको छ । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँ ठाउँमा खाल्डाखुल्डी भएकाले तिनमा पानी जमेर ...
नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्ता पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्ता पक्राउ

चितवन । निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ जना नेकपाले ...
परीक्षाफल प्रकाशन

परीक्षाफल प्रकाशन

काठमाडौँ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक) को समाजशास्त्र÷मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com लग इन गरी हेर्न सकिनेछ । यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्...
मोटरसाईकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

मोटरसाईकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका नवलपरासीले जनाएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो ।
करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर दुईको मृत्यु

बागलुङ । बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर आज बिहान दुई युवाको मृत्यु भएको छ । कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । भवन निर्माणस्थल नजिकैको रुखमा रहेको कागको गुँड रडले खसाल्न खोज्दा विद्युत्को हाइटेन्सन लाइनमा रड ठोक्किइ करेन्ट...
काठमाडौंमा कार दुर्घटना हुँदा धनकुटाका निरौलाको मृत्यु

काठमाडौंमा कार दुर्घटना हुँदा धनकुटाका निरौलाको मृत्यु

काठमाडौं । काठमाडौंको बिजुली बजारमा गएराति कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना घाईते भएका छन । मृतक निरौला धनकुटाको चौबिसे गाउँपालिका–४ स्थायी घर भई हाल काठमाण्डौ बस्दै आएका थिए । तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नंको कार पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित ए...
खुकुरी प्रहार गरी हत्या

खुकुरी प्रहार गरी हत्या

भक्तपुर। मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा कर्णेल आनन्दसिंह भाटको घरमा भाडामा बस्दै आएका ३२ वर्षीय शौरभ सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ । आज बिहान झापा, तामुङदुवा–३ घर भई हाल कौशलटार बस्दै आएका एसबिआई बैंकमा कार्यरत सुवेदीलाई उनकै भतिज नाता पर्ने कौशलटार घर भएका १९ वर्षीय पारस कोइरालाले कोठामै गई खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले...
error: Content is protected !!